जुविल्याण्ड इलाइट एकाडेमीले विविध कार्यक्रम गरी वार्षिक उत्सव मनायो

  नयाँ बुलन्द
7 Shares

इलाम : समाजमा भइरहेका विकृति विसङगति , विकासमा हुने ढिलासुस्तिी , वातावरण प्रदुशन ,विषादीको प्रयोग बारे विद्यार्थीहरुले व्यङ गरेका छन ।

नाटक मार्फत अभिनय गरी समाजमा हुने नकारात्मक गतिविधी बारे उनीहरुले प्रष्ट पारेका हुन । इलाम सदरमुकाम स्थित जुबिलेट इलाइट एकाडेमीको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत विद्यार्थीले मानव आफ्नै कारणले वातावरणमा अस्रर पुर्याएको , विकासमा हुनेगरेको ढिलासुस्ती ,अनियमितता , विषादीको प्रयोगका कारण पनि मानव नै भएको भन्दै सचेत गराएका छन ।

वार्षिक उत्सवका अवसरमा दुई दिन संचालन गरिएको कार्यक्रममा शनिबार नाटक सहित साँस्कृतिक गीत तथा नृत्य, वातावरण सम्बन्धी गीत प्रस्तुत गरिएको थियो । उत्सवको पहिलो दिन आध्यात्मिक कुरा समेत जोड्न वेद वाचन , खेलकुदमा भलिबल , टेबलटेनिस , तेक्वान्दो , उसु , चेस प्रतियोगिता संचालन भएका थिए ।

प्रतियोगितामा विजेता विद्यार्थीलाई प्रमाणपत्र तथा ट्रफी मेडल प्रधान गरिएको जनाइएको छ ।
वार्षिक उत्सव कार्यक्रमको अवसरमा दुर्ई जना विद्यार्थीलाई विद्यालयको सर्वाकृष्ट छर्नौट ‘ब्लु कोट’ प्रदान गरेको छ । शिक्षा , अनुशासन , बानी व्यवहार , अतिरिक्त क्रियाकलापको आधार साथै विद्यालयका स्टाफ तथा विद्यार्थीको भोटको आधारमा छनौट गरी दुइजना विद्यार्थीले ‘ब्लु कोट’ ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ ।

२०७५ को अस्मिता गुरुङ्ग र २०७६ को जोस्निला खड्काले ‘ब्लु कोट’ सम्मान प्राप्त गरेका छन । रहेका छन् । सम्मानित विद्यार्थीलाई विद्यालयले छात्रावृद्धि दिने व्यवस्था गरेको छ । हरेक वर्ष उत्कृष्ठ एक जना विद्यार्थीलाई ‘ब्लु कोट’ होल्डरको रुपमा छनोट गर्दै आएकोे प्रिन्सपल भुषान्त सुब्बाले बताए ।

बच्चाको व्यत्तिगत विकास गर्न शिक्षाले मात्र सम्भव नहुने भएकोले बानी व्यवहार , स्वास्थ्य , सकारात्म सोच विचार , समाजसँग घुलमिल हुन र अतिरिक्त गतिविधीमा विद्यार्थीलाई सामेल गराउने उदेश्यले विद्यालयले विभिन्न गतिविधी गदै आएको सुब्बाले बताए । ‘ किताबी ज्ञान मात्र नभई समय परिस्थिती अनुरुप जिउन साथै बौदिक र खुशी बन्न विद्यार्थीलाई पेरित गर्न कार्यक्रम संचालन गर्दै आएका छौ ’ सुब्बाले भने । विद्यालयले तयार गरिएको डसविन कार्यक्रमको अवसरमा प्रर्दशन गरिएको छ । विद्यालयले निमार्ण गरेको डसविनलाई इलामको पर्यटकीय क्षेत्रमा राख्ने तयारी रहेको विद्यालयले जनाएको छ ।

कार्यक्रम विद्यालयका निर्देशक दिपराज आङदेम्बेको अध्यक्षता तथा इलाम स्थित कालीध्वज गणका मेजर रवि अधिकारीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा धर्म गौतम , डम्बर सुवेदी , पुर्णप्रसाद गौतम , बीर बहादुर खड्का , होम दुलाल , मोहन सिंह थेबे लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार