आत्मानन्द कप : रेडस्टार विर्तामोड सेमिफाइनलमा

इलाम  : रेडस्टार क्लब विर्तामोड झापा इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको अन्तिम क्वार्टरमा मिरमिरे याक्थुङ क्लब तेह्रथुम विरुद्ध ३–० को सहज सहत जित निकाल्दै विर्तामोड सेमिफाइनल प्रवेश गरेको हो । योसँगै सेमिफाइनल समीकण पूरा भएको छ ।

खेलको पहिलो हाफमा रमेश राजवंशीको गोलमा विर्तामोडले अग्रता लिएको थियो । दोश्रो हाफमा सुरुवातमै उत्कृष्ठ प्रदर्शन गरेको विर्तामोडले मिलन राईको गोलमा अग्रता दोब्बर बनाए । विपक्षीलाई लगातार दवावमा राख्न सफल विर्तामोडले इन्जुरी समयमा समेत पुन रमेश राजवंशीको गोलमा ३–० को सहज जित दर्ता गर्न सफल बन्यो । उता तेह्रथुमलाई रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेका थियो । फलस्वरुप नतिजा झापालाई सुम्पदैं घर फर्कन बाध्य बन्यो । खेलको म्यान आफ दी म्याच विजेता विर्तामोडका रमेश राजवंशी घोषित भए ।

विर्तामोडको भेट सोमबार हुने दोश्रो सेमिफाइनलमा भाङबारी स्पोर्टिङ युथक्लब दमक झापासँग पक्का भएको छ ।

आइतबारको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ स्पोटिङ कलब दार्जिलिङ भारत र एएससी अर्जुनधारा झापाबीच हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार