तेह्रथुममा याक्थुङ लेखक संघ गठन ।

 

तेह्रथुम , १४ मंसिर
लिम्बु जातीबाट बिभिन्न बिधामा साहित्य सिर्जना गर्ने लेखकहरुको समिती तेह्रथुममा गठन गरिएको छ । तेह्रथुमको म्याङलुङमा सनिबार सम्पन्न कवि कवियित्रीहरुको भेलाले कवि राजकुमार तेयुङ तरेबाको अध्यक्षतामा याक्थुङ लेखक संघ गठन गरेको हो । ११ सदस्यिय समितीको उपाध्यक्षमा प्रकाश पाक्साँवा , सचिव टीआर सेनेहाङ, सह सचिव नरेन्द्र खापुङ र कोषाध्यक्ष योगिता चोङबाङ लगायत रहनुभएको छ ।

समितीले साहित्य सिर्जना गर्ने जिल्लाभरीका लेखकहरुलाई संगठित गराई साहित्य क्षेत्रमै क्रियासिल राख्न बिभिन्न सिर्जनात्मक कार्यक्रमको आयोजना गर्ने जनाईएको छ । साथै साम थाम्देन थाङबेनको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिती समेत गठन गरिएको छ । सल्लाहकार समितीको सदस्यमा टंकमाया लिम्बु,मनु थाक्थुङवा,घनश्याम सावदेन र सेसेहाङ चोङबाङ रहनुभएको छ ।

समिती याक्थुङ लेखक संघका केन्द्रिय उपमहासचिव मधुराज केरुङको उपस्थितीमा गठन भएको हो । समिती तेह्रथुम लगायत पुर्वका ७ जिल्लामा गठन भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार