सिक्किममा चौथो चासोक तङनाम हुदै ।

डिसेम्बर ३० ,नेपाल 
भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित मेला ग्राउण्डमा आउदो डिसेम्बर ६ देखी ८ तारिखसम्म लिम्बु समुदायले चौथो चासोक तङनाम उल्लासका साथ मनाउने तयारी रहेको छ ।

यसपटक पनि नियारा प्रोडक्शनले आयोजना गर्न लागेको चासोक तङनाममा चर्चित गायक ब्रबिम सेर्मा, गायिका सुनिता थेगिम, गायिका तिर्सना नेम्बाङ र वालगायक केहरसिं लिम्बु लगायतको भाषिक तथा लिम्बु मौलिकताजन्य प्रस्तुती रहने आयोजकले जनाएको छ । कलाकारहरुले प्रत्येक दिन याक्थुङ साम्लो , हाक्पारे , पालाम साम्लो , ख्याली लगायत नेपाली गितहरु पनि गाउने कार्यक्रम तय भएको छ ।

पुर्व सिक्किम , दार्जि्िलङ , कालिम्पोङ ,वेस्ट वंगाल लगायतका स्थानमा बसोबास गर्दै आएका हजारौ लिम्बु, तुतु तुम्याङ, थाङबेन , मेन्छिङ, वालक, वृद्ध तरुणहरुको सहभागिता रहने सो कार्यक्रममा नेपालका सञ्चारकर्मी टीआर सेनेहाङले उत्घोषण गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा लिम्बुहरुको मौलिक नृत्य प्रतियोगिता ,मौलिक खेलहरु, केःलाङ , हाक्पारे साम्लो , ख्याली साम्लो , फेसन सो , क्वीज , थाक्थुङ जातिय खानाको स्टल र सास्कृतिक महत्व तथा चिनारी बोकेका सामाग्रीहरुको प्रदर्शन हुने भएको छ ।साथमा नेपालका कवि नुनाम केरुङको समेत प्रस्तुती रहने आयोजकले तय गरेको छ ।

सिक्किममा जन्मेर आफ्नौ मौलिक लिम्बु सस्कृतीलाई जगेर्णा गर्ने र युवापुस्तामा पनि आफ्नोपन र जातिय बिषेशताको दृष्टबोध गराउने उदेस्यले प्रत्येक साल कार्यक्रमको आयोजना गर्ने गरिएको नियारा प्रोडक्शनका संयोजक नियारा ताम्लिङ लिम्बुले बताउनुभयो ।

पछिल्लो समय अन्य सभ्यताको प्रभावले लिम्बु संस्कार तथा मौलिकतामा असर पुग्दै गएपनि सिक्किमा भने लिम्बुहरुको भाषा,लिपी , सस्कार ,सस्कृती , रितिरिवाज , मौलिक परम्परा, रहन सहन सुरक्षित रहेको पाईन्छ ।सिक्किम, दार्जि्िलङ,कालिम्पोङ लगायतका लिम्बु समुदायको बसोबास रहेको क्षेत्रमा चासोक तङनामको साथमा लिम्बुहरुको मौलिक चाड तथा सास्कृतिक कार्यक्रमको आयोजना हुदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार