‘प्रथम सूर्योदय महोत्सव–२०७६’ को तयारी पुरा

इलाम  : इलामको सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ को तयारी पुरा भएकाे छ । आगामी १४ देखि १८ मंसिर सम्म आयोजना गर्न लागिएको ५ दिने महोत्सवको तयारी पुरा पारिएको महोत्सव आयोजक समितिले अाज  पत्रकार सम्मेल गरी जानकारी दिएको छ । महोत्सव सफल पार्न नगप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल समिति तथा मातहतका विभिन्न उपसिमितहरु रहेका छन् ।

संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।

महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किमलगायतबाट समेत पर्यटकहरु आउने आयोजकको अपेक्षा छ । महोत्सवमा आन्तरिक र बाह्य गरी ५ लाख पर्यटकले आवतजावत गर्ने अनुमान रहेको नगरप्रमुख राईले बताए ।  ‘महाेत्सवमा नेपाल र भारतका गरी करिब ५ लाख पर्यटकले आवतजावत गर्ने हाम्रो अनुमान छ’ नगरप्रमुख राईले भने, ‘त्यसका लागि सबैसँग समन्वय र सहकार्य गरेका छौं । नेपालका विभिन्न क्षेत्रबाट विद्यार्थीहरुको शैक्षिक भ्रमणको लागि समेत पहल गरिरहेका छौं ।‘

महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर लगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा दरबार अवलोकन, देउराली हाईक, साइकल दौड, फोटो प्रर्दशनी, मौलिक र अर्गानिक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक-सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार