लिवि मञ्चकाे शाखा कार्यसमिति अन्तर्गत सिफ्ट कमिटि निर्माण

मानविकी र शिक्षा संकायकाे सिफ्ट कमिटि गठन

  नयाँ बुलन्द
0 Shares

लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामले आफ्नाे संगठन विस्तार कार्यक्रम अन्तर्गत संकायगत सिफ्ट कार्यसमिति निर्माणलाई तीव्रता दिएकाे छ । इलाम सदरमुकामकै मुटु महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा लिम्बू विद्यार्थी मञ्च शाखा कार्यसमिति महेन्द्ररत्न बहुमुखी क्याम्पस शाखा अन्तर्गत सिफ्ट कार्यसमितिहरु धमाधम गठन कार्य सुरु गरिएकाे छ ।

क्याम्पस शाखाले निरन्तर रुपमा प्रकाशन गर्दै आईरहेकाे आफ्नाे मुखपत्र “फक्ताङलुङ” विशेषाङ्ककाे दशाैँ अंक प्रकासनलाई लक्षित पारेर समिति गठन तिब्र बनाईएकाे क्याम्पस शाखाका अध्यक्ष शुक्रराज माबाेले बताए । क्याम्पस शाखा भित्र सबै विद्यार्थीहरुलाई अटाउन नसकिने र मञ्चकाे क्रियाकलापलाई सहज बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने मञ्चका इलाम जिल्ला संगठन विभाग प्रमुखले जानकारी दिए ।

मानविकी र शिक्षा संकायकाे सिफ्ट कमिटि गठन 

आज बुधबार सम्पन्न कार्यक्रमबाट दुई वटा संकायहरुमा कार्यसमिति निर्माण भएका छन् ।  विहानी संकाय अन्तर्गत मानविकी र दिवा संकाय अन्तर्गत शिक्ष संकायमा आज सिफ्ट कमिटि गठन गरिएका छन् ।  मानविकी सं‌कायमा  गाेपिराज आङदेम्बे लिम्बूकाे अध्यक्षतामा कार्यमसिति चयन भएका छन् । कार्यसमितिकाे उपाध्यक्षहरुमा मालती चेम्जाेङ लिम्बू र प्रमिला तुम्बाङफे लिम्बू चयन भएका छन् । 

कार्यसमितिकाे सचिवमा  इक्सा नेम्बाङ लिम्बू चयन भएका छन् । त्यस्तै सहसचिवमा मनिता तुम्बाङहाफे लिम्बू चयन भएका छन् भने काेषाध्यक्षमा विपना मेयाेङबा लिम्बू चयन भएका छन् । समितिकाे सदस्यहरुमा सदस्यहरु साेमहाङ केरुङ लिम्बु, भिमा फत्र लगायत रहेका छन् । 

यता शिक्षा संकायमा  विविका लिङदम लिम्बूकाे अध्यक्षतामा कार्यसमिति गठन भएकाे छ । समितिकाे उपाध्यक्षहरुमा सुनिता फागाे लिम्बू
र समीक्षा फागाे लिम्बू चयन भएका छन् । समितिकाे सचिवमा  फुङलाेती नेम्बाङ लिम्बू, सहसचिवमा  मेरिका लावती लिम्बू, काेषाध्यक्षमा मुकेश याेङहाङ लिम्बू र सदस्यहरु एलिना फियाक लिम्बू लगायत रहेकाे छन् । 

लिम्बू विद्यार्थी मञ्च क्याम्पस अध्यक्ष शुक्रराज माबाेकाे अध्यक्षता एवम् जिल्ला अध्यक्ष अतित याेङहाङकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा उपाध्यक्ष सन्ताे लिङदम, सचिव अस्मिता येक्तेन, संगठन विभाग प्रमुख मनाेज साँबाकाे उपस्थिति तथा सहजिकरणमा सम्पन्न भए ।

भाेली विहिबार विहानी स‌ंकाय अन्तर्गत व्यवस्थापन संकायकाे कार्यसमिति गठन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार