आत्मानन्द कप : पाहुना टोलि दार्जिलिङको विजयी सुरुआत (भिडियो सहित)

  राम योङहाङ  166 पटक हेरिएको

इलाम :  इलामको माङसेबुङ गाउँपालिका ५ मा १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिता सुरु भएको छ । बुधबारको उद्घाटन खेलमो विजय पाहुना टोलि मानेभञ्ज्याङ स्पोटिङ क्लब दार्जिलिङ भारतले विजयी सुरुआत गरेको छ ।

माङसेबुङ खेदलकुद विकास समिति इलामलाई विरुद्ध सडन डेथमा पराजित गर्दै दार्जिलिङ अघिल्लो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल र टाइब्रेकरमा समेत दुवै टिमबाट बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गरिएको थियो ।

निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएको थियो । टाईब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म पर्खनुपरेको थियो ।

पहिलो हाफमा आत्मघाती गोलको उपहार पाउँदै अग्रता लिएको दार्जिलिङले दोश्रो हाफमा कमजोर प्रदर्शन गरेका कारण जिताका लागि सडेन डेथसम्म पर्खनुपरेको थियो । पहिलो हाफको ३३ औं मिनेटमा माङसेबुङका रोनिस राईले आत्माघाती गोल गरेपछि दार्जिलिङले अग्रता दिएको थियो । दोश्रो हाफमा खेलको ३७ औं मिनेटमा माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरमिा ल्याए । ४० औं मिनेटमा दार्जिलिङका याङचुङ शेर्पाले गोल गरी अग्रता दिलाए । ४२ औं मिनेटमा पुन माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन ।

प्रतियोगिता अन्तरगत विहीबार भाङबारी स्पोर्टिङ क्लब झापा र इलाम नगर खेलकुद प्रतिष्ठानबीच प्रतिष्पर्धा हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

आयोजक हक्तातका अध्यक्ष मनकुमार आङबुहाङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माङसेुबङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङंगोले गरेका थिए ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार