पाँचथरमा चुनावी प्रचारप्रसार सेलाउँदै, मौन अवधि सुरु

  युद्धबहादुर बोहोरा
0 Shares


पाँचथर : मङ्सिर १४ गते हुने उपनिर्वाचनको मौन अवधि बुधबार राती १२ बजेदेखि शुरूवात हुने भएपछि राजनीतिक दलको चुनावी प्रचारप्रसार गतिविधि सेलाउँन थालेको छ।

जिल्लाका तीन स्थानीय तह हिलिहाङ्ग वडा न.७,फिदिम नपा-१ र फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदको उपनिर्वाचनमा सबै क्षेत्रलाई अति संवेदनशिल र मर्यादित बनाउन सम्पुर्ण सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ ।

मौन अवधिमा पत्रकार सम्मेलन,प्रेस मिट,अन्तरक्रिया साथै
सामाजिक संजाल मार्फत उम्मेदवारले मत माग्ने,उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरि समाचार वा सूचना प्रकाशन,प्रसारण,कुनै क्रियाकलाप गर्न नपाइने व्यवस्था छ ।

यस अघि चुनावलाई लक्षित गरि राजनीतिक दलहरुले निर्वाचन हुने क्षेत्रमा आफ्ना पार्टीका प्रभावशाली नेताहरुको उपस्थितिमा संयमित ढंगले कार्यक्रम सम्पन्न गरे संगै चार्डपर्वमा सजाइएका बजार तथा गाउँबस्ती झैं झकिझकाउ देखिएका छन् ।

फाल्गुनन्द गाउँपालिकाको चुनाव सम्पन्न गर्न निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्द गाउँपालिकामा अधिकृत सहित नौ जना कर्मचारी र पाँच जना प्रहरी गरि जम्मा १४ जना रहेका छन्।

त्यस्तै,पालिका भित्रका केन्द्रहरुमा एक सय १५ जना कर्मचारी,एक सय ७० भन्दा बढी जनपथ, ७०जना भन्दा बढी शस्त्र प्रहरी र ५० जना माथि नेपाली सेना तथा अनुसन्धान व्युरो परिचालन गरिएको निर्वाचन अधिकृत कार्यालयका सहायक राजेन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
यस गाउँपालिकामा १३ वटा मतदान केन्द्रको २३ वटा बुथमा १४ हजार पाँच सय ७७ मतदाताले मतदान गर्ने छन्।यस क्षेत्रमा कर्मचारी खटाइ सकेको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दले जनाए अनुसार १२ गते विहान ८ बजे सर्वदलीय बैठक बस्ने,१४ गते बेलुका १० बजे सम्ममा निर्वाचन कार्यालयमा मत पेटीका ल्याइ पुर्‍याउने र १५ गते विहान ८ बजे सर्वदलीय बैठक पछि विहान १० बजे देखि मत गणना शुरु गरि १६ गते दिउँसो १ बजे सम्ममा परिणाम घोषण गर्ने तालिका रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार