उद्यमशीलता विकास, सामाजिक परिवर्तन र सत्तासीन सरकार

  गोपाल पौड्याल  126 पटक हेरिएको

गोपाल पौड्याल

परिवर्तनको विकास सँग सम्बन्ध छ भने विकास आयस्तर सँग सम्बन्धित रहन्छ । यद्यपि सवै परिवर्तनहरुलाई विकास मान्न सकिदैंन । परिवर्तनले समाजको संरचनामा नयाँ आयाम,दृष्टिकोण र अवस्थाहरुको र्सिजना गर्दछ । परिवर्तन समाजको चाहना पनि हो । आ।फ्नो समाजको विकासका लागि समुदायका सदस्यले परिवर्तन चाहन्छ । परिवर्तन विकास कुन अर्थमा हो भने,रुढीवादी समाज जसमा शिक्षा,सरसफाई,लवाइखवाई लगायत कम आम्दानी र कम परिचालित भएको समाज परिर्वतन भएर शिक्षित,सभ्य,धनी संगठित हुन सक्यो भने यस्तो अवस्थालाई विकास मान्न सकिन्छ । जातीय आधारमा समानता,लैङ्गक समानता,सामुहिक जागरुकता जस्ता पक्षमा परम्परागत समाज रुपान्तरण भयो भने परिवर्तनले विकास गर्दछ भन्ने बुझ्न सकिन्छ ।

आर्थिक आधारमा समता समाज धनी र गरिबमा परिणत हुन परिवर्तन भए पनि विकास भएको मान्न सकिदैंन । लोकतान्त्रिक राज्य व्यवस्था स्थापना भएर पनि दलगत स्वार्थ,अपराधिक मानसिकता र त्यसलाई संरक्षण,कर्मचारितन्त्र,निश्चित वर्गको मात्र पहुँच,राजनीतिक पहुँचकै आधारमा राज्यवाट पाइने सेवा सुविधा निश्चित वर्गले मात्र उपयोग गर्नु,प्राकृतिक श्रोत साधनमा पनि त्यहि वर्गको उपयोग वडि रहनु, राजनीतिक पहुँच नभएका स–साना दलका वर्ग वा समुदायहरुलाई आस्थाकै आधारमा अन्यले पछि पार्नु वा हेप्नु आदि । राजनीतिकै आधारमा समाज भाँडिने,द्धन्द्ध र झगडा उत्पन्न हुने अवस्था सहितको सामाजिक परिवर्तन भएमा त्यसलाई विकास मान्न सकिदैन । यसरी परिवर्तन र विकाससँगको सम्बन्धलाई विश्लेषण गरी सापेक्ष रुपमा मात्र सकारात्मक मान्न सकिन्छ । सामाजिक सांस्कृतिक परिवर्तन सँगै विकास र त्यस भित्र दिगोविकासकालागि उद्यमशिलतालाई एक र्अकाका समाज रुपान्तरणका निमित्त अन्तरसम्बन्धित कारकको रुपमा र्हेन वा कार्यन्वयन गर्न आवश्यक हुन्छ । आन्तरिक द्धन्द्ध,युवा शक्ति रोजगारिका लागि विदेशिने, बसाइँसराइ,आधुनिकीकरण जनसंख्या वृद्धि,पाश्चात्य प्रभाव,औद्योगिकरण,शहरीकरण जस्ता पक्षले सामाजिक सांस्कृतिक संरचनामा निकै परिवर्तन ल्याएको छ । शैक्षिक विकासमा चेतना,प्रजातान्त्रिक शासन व्यवस्थाका कार्यहरु आदि कारणले गर्दा वर्तमान अवस्थामा देखिएका सामाजिक सांस्कृतिक पक्षलाई अवस्थाबाट देखाउन सकिन्छ ।जुन परिवर्तनहरु स्वभाविक र योजनाबद्ध तरिकाबाट हुने गर्दछन् । विकासको लामो प्रयास र समाज परिवर्तनको स्वभाविक नियम अनुसार हामीले देख्न सकिने अवस्थामा हेरेका सामाजिक सांस्कृतिक परिवर्तनका अवस्थाहरु र त्यस सँग जोडिएका उद्यमशिलताका गतिविधिहरुलाई विश्लेषण गर्न सकिन्छ । वर्तमान आस्थामा सामाजिक सम्बन्धलाई हेर्दा यसको परिधि व्यापक बनेको छ । परम्परागत समाजमा हुने शासक र प्रजाका ठाउँमा जनता र नेताको सम्बन्ध छ । यो सम्बन्ध सँगै नेताले जनता देखाउँदै आफ्नो रङ्गको सत्ता वा सरकार टिकाई राख्ने प्रचलन पनि नवडेको हइन । यता जनताको भने दिन प्रति दिन प्रति ब्याक्ति आयमा खासै बृद्धि भएको छैन र सत्तासिन पक्षले कुन बेला के प्रयोजनमा ऋण लिन्छ जनतालाई थाहा छैन त्यसैले जनताको टाउकामा रहेको ऋण भार बड्दो क्रममा अगाडि छ । यद्यपि पौराणिक चलन अनुसार कठोर नियन्त्रणमा रहने छोरी–बुहारीप्रति लचकधारणा विकास भएको छ । परिवार भित्रकै सदस्यहरुबीचको सम्बन्ध सह–अस्तित्वका आधारमा हुने गरेको देखिन्छ । मोही र किसानबीचको सम्बन्धमा परिवर्तन आएको छ । यसरी समाजका हरेक क्षेत्र शिक्षा,राजनीति,उत्पादन प्रणाली,धर्म आदि अन्तर्गतको सम्बन्धमा परिवर्तन आएको छ । उत्पादनका संगठन र त्यसमा संलग्न पक्षहरुबीचको सम्बन्धमा परिवर्तन आएको छ । उद्यमि÷ब्यवसायीहरुद्धारा वस्तुहरुको उत्पादनमा मेसिनको प्रयोग तथा श्रम विभाजनबाट उत्पन्न सम्बन्धको नयाँ स्थिति यसको उदाहरण हो । यस्तै गरेर पेशाको हकमा समेत केहि परिवर्तन भएको पाइन्छ । जस्तैः उत्पादन तथा प्रसाशनका नयाँ–नयाँ क्षेत्रहरुको विकासले गर्दा पेशागत विविधता आएका छन् । सन् १९८१ म नेपालमा ९१ प्रतिशत जनता कृषि पेशामा थिए भने सन् १९९१ मा ८१ प्रतिशतमा त्यो संख्या झरेको देखाइएको छ । एउटा पेशामा आएको परिवर्तनले उसको सम्बन्ध,व्यवहार,कार्यप्रणालीको तरिका,आदिमा परिर्वतन ल्याउँछ । यसले के देखाउँछ भने पेशा बाहेक सिङ्गो सामाजिक,संरचना र भूमिका,आदिमा परिवर्तन ल्याएको छ । व्यवसाय तथा उत्पादन कार्यमा नयाँ अवसरहरु सृजना भएका छन् । जातिगत आधारमा कुनै पनि पेशा अबलम्वन गर्नु पर्ने बाध्यता छैन । श्रम बजार व्यापक बनी अन्तराष्ट्रियकरण बनेको छ । परम्परागत सीपमा आधारित पेशा तथा व्यवसायहरुमा क्रमशः रुपान्तरण भएको पाइन्छ । वर्तमान परिप्रेक्षमा हेर्दा सामाजिक र सांसकृतिक परिवर्तनको सम्वाहक नै आय,आर्जन वा यस भित्रको उद्यमशिलता नै हो । वास्तवमा उद्यमीहरु अर्थतन्त्रका सर्जक र उत्पादक हुन् । उनीहरुको प्रयासले देशले आर्थिक सम्वृद्धता प्राप्त गर्छ । उनीहरुको सिर्जनशीलताको आधुनिक विश्वको जीवनशैलीलाई परिर्वतन गएिको छ । उद्यमीहरुको प्रयासले त कुनै पनि मुलुकको बस्तु उत्पादनलाई तीब्र बनाएको छ । समाज र देशकै लागि सम्बृद्धिका बाहक बनेका छन् उद्यमीहरु । त्यसैले भन्न सकिन्छ उद्यमशीलताको भावना मानवीय प्रगतिको श्रोत हो । विकासको संवाहक हो उद्यमशीलता । सम्बृद्धि परिर्वतनको प्रवर्तक हो उद्यमशीलता ।ग्रामीण विकासमा उद्यमशीलताको भूमिकाले प्रतिव्यक्ति उपलब्धी र आम्दानीका बारेमा सकारात्मक संकेत प्रदान गर्दछ । उद्यमशीलताले प्रत्येक व्यक्तिको आर्थिक स्तरमा वृद्धि गर्नुको साथै समग्र सामाजको विकासमा समेत योगदान गर्न सक्छ । उद्यमीसँग रहको ज्ञान, सीप र क्षमताको प्रयोगबाट साना तथा घरेलु उद्योग व्यवसाय सञ्चालन गर्ने,अवसरहरुको खोजि गर्दै र्सजनात्मक तवरले जोखिमका साथ आर्थिक प्रगति हाँसिल गर्नुलाई नै उद्यमशीलता भनिने भएकोले यसबाट के स्पष्ट हुन्छ भने ग्रामीण क्षेत्रको आर्थिक विकासमा उद्यमशीलताको भूमिकालाई नजर अन्दाज गर्न सकिन्छ । नवप्रवर्तकका माध्यमबाट उद्यमीले ग्रामीण समाजलाई आर्थिक रुपमा सम्पन्न गराउन सक्छ । उद्यमीले प्राप्त गर्ने आम्दानीको ग्रामीण अर्थतन्त्रलमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागिता हुन्छ ।उद्यमीशीलतालाई आर्थिक विकासको उत्प्रेरकका रुपमा लिने गरिन्छ । आज उद्यमीहरु उद्यमशीलता विकासमा लागेर आफ्नो आर्थिक स्थिति सुदृढ पार्दै छन् ।व्यवसायका माध्यमबाट समेत विेदशी मुद्राहरु भित्रिन्छन् । उद्यमशीलता विकास हुँदै जाँदा रोजगारीका अवसरहरु सृजना हुँदै जाँदा धेरै मानिसहरुको सहभागीता यसमा बढ्छ । उद्यमशीलताले मानिसलाई गरीबि, वेरोजगारी, अल्छिपना, कूलत, संस्कार आदिबाट जोगाउने गर्दछ । राष्ट्रमा प्रत्येक मानिसमा उद्यमशीलताको सोच भएमा आम्दानी वृद्धि भई समग्र राष्ट्रको आर्थिक विकासलाई टेवा पु¥याउने गदृछ । राष्ट्रको आर्थिक तथा समग्र विकासका लागि सबैभन्दा पहिला आवश्यक पर्ने आर्थिक स्रोतको परिपूर्ति गर्न उद्यमशीलताले ठूलो योगदान पु¥याउने गर्दछ । उद्यमशीलताले आर्थिक विकासमा खेलने भूमिकाहरुलाई यसरी व्याख्या गर्न सकिन्छ ।

उद्यमशीलताले समाजमा विद्यमान परम्परागत कामचलाउ उद्योगहरुलाई व्यवसायिक उद्योगमा परिणत गर्ने वातावरणको सृजना गर्दछ । समाजको आवश्यकतालाई हेरेर नयाँ उत्पादनका संभावनाहरुको खोजीमा उद्यमशीलताले मानिसहरुलाई प्रेरित गर्छ । मानिसलाई काम बिहिनको अवस्थाबाट काम गर्ने व्यस्त तथा कुशल उद्यमीमा परिणत गर्छ ।कुनै पनि उद्यम वित्तीय लगानीको अभावमा सञ्चालन गर्न गाह«ो पर्छ । उद्यमीहरुले सञ्चालन गर्ने व्यवसायहरु लागनीका लागि वातावरण बनाउने गर्छन । उद्यमीहरुले नवप्रवर्तनहरुको प्रयोग गरी व्यवसाय सञ्चालन गर्नाले सामाजिक रुपमा लगानी गर्ने वातावरण बन्दछ । नवप्रवर्तनले उद्यमीलाई प्रोत्साहित गर्न सकिन्छ भन्ने चाहनाले गर्दा सहजरुपमा वाणिज्य बैंक, नयाँ उद्योग, व्यवसायमा लगानी गर्न पाउँछन् यस्तैः ग्रामीण क्षेत्रमा साना तथा घरेलु धन्दाको प्रचुर मात्रामा स्थापनालाई उद्यमशीलताले जोड दिन्छ । उद्योग तथा व्यवसायहरुको विकासले मानिसलाई रोजगारीको अवसर दिलाउन सक्छ । यसैगरि,उद्यमशीलता विकासबाट व्यवसायको विकास हुन्छ । यसरी व्यवसायको विकासबाटै देशमा उपलब्ध प्राकृतिक, भोतिक, मानवीय तथा वित्तीय संसाधन÷स्रोतहरुको उपयोग प्रभावकारी ढंगले गर्न सकिन्छ । उद्यमीले ग्रामीण क्षेत्रमा खेर गइरहेको स्रोतहरुको पहिचान गर्ने कार्य गर्दछ । स्रोतहरुको परिचालनबाट धेरै उद्यमशील कार्यहरु गर्न सकिन्छ । यतिमात्र नभएर,उद्यमशीलताले निर्यात प्रद्र्धनलाई जोड दिन्छ । निर्यात प्रवद्र्धनले अन्तरािष्ट्रय मुद्रा आजृन गर्न र समग्र राष्ट्रको विकास गर्न टेवा पु¥याउने गर्दछ । उद्यमीलताले नयाँ उत्पादनको जोड दिन्छ, फलस्वरुप विदेशी बजार समेतको खोजी शुरु हुन्छ ।त्यसैले, सफलता प्राप्तिको दृढ इच्छाशक्ति लिएर आइपर्ने बाधा अड्चनहरुलाई पार गर्ने हिम्मतका साथ नवीन, सोच र योजनाहरुलाई व्यवस्थित गर्दै संचालन गरिएको कुनै पनि व्यवसाय उद्यम हो । विशेषतःमहिलाहरु यस्तो कार्यमा सक्रिय हुन्छन् ।

प्रत्येक समाजमा कुनै न कुनै आधारमा विभिन्नताहरु हुन्छन् ।विभिन्नताहरुले परिवर्तनलाई अरु बढी ससक्त गर्दछन् ।प्रत्येक समाज परिवर्तनशिल छ । परिवर्तनको मुल आधार सामाजिक संघर्स हो । समाजका प्रत्येक तत्वहरुले परिवर्तनका लागि योगदान पु¥याएका हुन्छन् । प्रत्येक समाज समतामूखी हुँदैन भन्ने मान्यता यस अवधारणाको हो । जसमा परिवर्तनलाई एक स्वाभाविक प्रक्रिया मानिन्छ । द्धन्द्धात्मक भौतिकवादको नियमका आधारमा समाजमा हुने परिवर्तनलाई कार्ल माक्सले औल्याएका छन् । उनका अनुसार आर्थिक क्रियाकलाप,व्यवहार,मान्यता तथा सिद्धान्तहरु राज्यको कुशलता बढाउन तथा अधिकतम फाइदा लिन केन्द्रित हुन्छन् । जसले आन्तरीक अन्तर विरोधहरु सिर्जना गरेको हुन्छ । यसैबाट एउटा पद्धति तरिका र व्यवहारको अन्त्यको लागि कार्य शुरु हुन्छ । वर्ग संघर्ष सामाजिक परिवर्तनको मुल आधार हो । जसमा हुने खाने र नहुने गरिव बीच द्धन्द्ध हुन्छ । यसले समाजमा संरचनागत परिवर्तन ल्याउँछ ।
समाजमा सिमित श्रोत,साधनहरु माथिको असमान वितरण वा पहुँचवालाहरुको मात्र एकाधिकारहुने कारणले विपक्षीय शक्ति सिर्जना हुन पुग्दछ । यसो नगरेर सामुहिक कार्य संचालन गर्ने प्रचलन,जातिय विभेद नगर्ने,उमेर समुह अनुसाको श्रामको वा पेशाको जिम्मेवारि वाँडफाँ गरेर जाने हो भने समजमा भएका प्राकृतिक साधनहरुको समान वितरण र प्रयोग गरिने हो भने आफ्नो समाजमा थरि–थरिका लघु तथा साना उद्योगहरुको संचालन तथा स्वरोजगारिका अवसरहरु सृजना गरि सामाजिक,आर्थिक,राजनैतिक हिसावले समुन्नत समाज बनाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार