
पाँचथर : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल कुम्मायक गाउँपालिका कार्यसमितिको गठन भएको छ ।
शनिबार कुम्मायकस्थित यासोकमा सम्पन्न भेलाले मिलन लावतीको अध्यक्षतामा उपाध्यक्षमा भिम लावती, मिलन फेवादिन, सचिव अनिल लावती, सहसचिव टिका लावती, अर्थसचिव कमला फियाक रहेका छन् ।
सदस्यहरुमा दिपक लावती, सरोज फेवादिन, रुद्र लावती, भाग्यसिङ फेवादिन, मानबहादुर फेवादिन रहेका छन् ।
भेला कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष सागर केरुङ, जिल्ला सदस्य भरत लावती, संघीय विद्यार्थी युनियन जिल्ला अध्यक्ष सुबास नुनाम केरुङ, संघीय युवा मञ्च जिल्ला सचिव रामचन्द्र नेम्बाङ र यासोक क्याम्पसका प्राध्यापक डिकध्वज लावती लगायले सुभकामना व्यक्त गरेका थिए ।






















































