नेपाल पत्रकार महासंघ कोषाध्यक्षमा योगेन्द्र शंकर

इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाको कोषाध्यक्षमा योगेन्द्र शंकर चयन भएका छन् ।

शनिबार इलाम सदरमुकाममा सम्पन्न महासंघ इलाम शाखाको १५ औं साधारणसभाले शंकरलाई कोषाध्यक्षमा चयन गरेको हो ।

यसअघिका कोषाध्यक्ष जयकुमार राईले २०७४ को स्थानीय तहको निर्वाचनमा मनोनय दर्ता गराएपछि कोषाध्यक्ष पद रीक्त थियो ।

नेपाल पत्रकार महासंघ इला शाखाका अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले गरे ।

कार्यक्रममा प्रदेश १ का सासद काजीमान कागते, जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरप्रमुख महेश बस्नेत, पत्रकार महासघका उपाध्यक्ष विपुल अधिकारी, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्य सटेन्द्र जवेगु, प्रदेश १ अध्यक्ष बिक्रम लुइँटेल, उपाध्यक्ष सोम सुसेलीसहित विभिन्न पत्रकारजन्य संगठन, संचार सस्था, राजनितिक दल, सामाजिक संघसस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो ।

पूर्व अध्यक्ष सुसेली सम्मानित

कार्यक्रमको उद्घाटनमा नेपाल पत्रकार महासघ इलामका पुर्व अध्यक्ष तथा वर्तमान प्रदेश उपाध्यक्ष सोम सुसेली सम्मानित भएका छन ।

पत्रकारिताका माध्यामबाट समाजमा पुर्याउनुभएको योगदानको सम्मान गर्दै सम्मान गरिएको इलाम शाखाले जनाएको छ ।

कार्यक्रमको स्वागत इलाम शाखाका उपाध्यक्ष सुजन तिम्सिनाले र सञ्चालन सचिव ख्याम भुजेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार