म्याङलुङमा आयोजित शिविरमा करिब २ हजार पशुपंछीको उपचार ।।

  टीआर सेनेहाङ
0 Shares

तेह्रथुम, ७ मंसरि

म्याङलुङ नगरपालिका एक नम्बर वडा भदौरेमा सनिबार आयोजना गरिएको एकदिने निसुल्क पशुश्वास्थ्य शिविरमा १ हजार ९ सय २ पशुपंछीका लागी औषधी र भिटामिन वितरण गरिएको छ । नेपाल पशु श्वास्थ्य सेवा प्राविधिक संघको आयोजनामा स्थानिय आदर्श आधारभुत बिद्यालयको प्राङगणमा सञ्चालित शिविरमा बिभिन्न घरपालुवा पशुपंछीहरुका लागी औषधी तथा भिटामिन वितरण गरिएको हो । शिविरमा ११ वटा कुकुरलाई रेबिज बिरुद्धको खोप लगाईनुको साथै एउटा बोकाको बन्ध्याकरण समेत गरीएको छ ।

म्याङलुङ नगरपालिका एक नम्बर वडाको सहयोगमा सञ्चालन भएको शिविरबाछ भैसि १ सय १३ , गाईगोरु १ सय ६८ , बाख्रा ७ सय १८ , बंगुर ४५ र ८ सय ५८ कुुखुराको लागी औषधी तथा भिटामिन वितरण गरिएको नेपाल पशु श्वास्थ्य सेवा प्राविधिक संघ तेह्रथुमका अध्यक्ष बिद्या ढुंगानाले जानकारी दिनुभयो । उहाका अनुसार रोग तथा महामारी नियन्त्रण साथै कृषकहरुलाई पशुपालनमा आत्मनिर्भर एवं दीगोपनाका लागी शिविरको आयोजना गरिएको हो ।

यसैबिच शिविरको उद्ध्घाटन सत्रमा प्रमुख अथिती म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले नगरको समृद्धीका लागी कृषिमा आधुनिकिकरण तथा उपयुक्त खेती प्रणलीलाई अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै उहाले म्याङलुङ नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउका निम्ती कृषि र भेटनरीमा मात्र एक करोड बजेट बिनियोजन गरेको जानकारी गराउनुभयो । कार्यक्रममा नगरका उपप्रमुख पार्वती सानु डाँगी , वडा नं. १ का सदस्य तारा श्रेष्ठ लगायतले आआफ्नो औपचारिक बिचार राख्नुभएको थियो । कार्यक्रम म्याङलुङ नगरपालिका वडा नं. १ का अध्यक्ष ईन्द्रराज तुम्बाहाङफेको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार