कुखुरापालन व्यवसायी संघ इलामकाे अध्यक्षमा दिनेशचन्द्र महत

निवर्तमान अध्यक्ष धनवहादुर न्याैपाने सम्मानित

  स्पर्श अतित  140 पटक हेरिएको

जिल्ला कुखुरापालन व्यवसायी संघ इलामकाे अध्यक्षमा माँ दुर्गा एग्रिकलचर फिड्स एण्ड पाेल्ट्री सप्लायर्सका संचालक युवा व्यवसायी दिनेशचन्द्र महत निर्वाचित भएका छन् । शनिबार इलाममा सम्पन्न संघकाे पाँचाैँ साधारण सभा तथा चाैथाे जिल्ला अधिवेशनबाट महत अध्यक्षमा निर्वाचित भएका हुन् ।

जिल्ला कुखुरापालन व्यवसायी संघ इलामका नवनिर्वाचित अध्यक्ष दिनेशचन्द्र महत

१५ सदस्यीय नयाँ कार्यसमितिकाे उपाध्यक्षमा कुमार कार्की, महिला उपाध्यक्षमा माया भट्टराई निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिकाे सचिवमा सचिनजंग रायामाझी चयन भएका छन् भने सहसचिवमा धर्मेन्द्र नेपाल र काेषाध्यक्षमा चेतकुमार मगर (सन्ताेष) निर्वाचित भएका छन् ।

कार्यसमितिकाे सदस्यहरुमा विष्णुकुमारी आङदेम्बे, अम्बिका दाहाल बराईली, उमेश गुरुङ, दलबहादुर चाैहान (दिलीप), माेहनकुमार गुरुङ, उद्धवप्रसाद काेईराला, अर्जुन लिम्बू, पपु प्रधान र साेमबारी लिम्बू चयन भएका छन् ।

जिल्ला कुखुरापालन व्यवसायी संघ इलामका अध्यक्ष धनबहादुर न्याैपानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन समाराेहकाे उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बस्नेत, व्यवसायी अरुण कुमार महत, दिनेश महत  लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम युवा व्यवसायी सचिनजंग रायामाझीकाे संचालनमा भएकाे थियाे । कार्यक्रममा इलाम जिल्ला भरीका १३७ बढी कुखुरापालन कृषक तथा व्यवसायीहरुकाे सहभागिता रहेकाे थियाे ।

निबर्तमान अध्यक्षसहित व्यवसायी युवाहरु सम्मानित

स‌ंघकाे अध्यक्षमा लामाे समयसम्मा काम  गरी महत्वपूर्ण याेगदान गरेकाेमा उच्च मूल्याङ्कन गर्दै  निबर्तमान अध्यक्ष धनवहादुर न्याैपानेलाई सम्मान गरिएकाे थियाे । न्याैपानेलाई प्रमुख अतिथि बस्नेतले दाेसला लगाई सम्मानपत्र वितरण गरे । त्यस्तै कार्यक्रममा संघलाई विभिन्न क्षेत्रमा सहयाेग पुर्याउने व्यवसायीहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरिएकाे थियाे ।

सम्मानित हुनेहरुमा माँ दुर्गा एग्रिकलचर फिड्स एण्ड पाेल्ट्री सप्लायर्सका प्राेप्राईटर युवा व्यवसायी दिनेशचन्द्र महत, पञ्चकन्या फिड्स एण्ड पाेल्ट्री सप्लायर्स इलामका संचालक लाेकेन्द्र श्रेष्ठ, शुभलाभ भेट्स फर्माका संचालक सन्ताेष मगर, इलाम भेटेनरीका संचालक दिलमाया राई, बरबाेटे अाैषधी पसलका प्रमाेद दुलाल, जय माँ दुर्गा भेट्स फर्मा फिक्कल इलामका संचालक कुमार कार्की, घिमिरे फिड्स सप्लायर्सका संचालक गणेश घिमिरे र दीपज्याेती फिड्स एण्ड पाेल्ट्री सप्लायर्सका सञ्चालक धर्मेन्द्र नेपाल कदर पत्रले सम्मानित भएका थिए ।

अहिले इलाम जिल्लाकाे इलाम,सूर्याेदय र देउमाई नगरपालिकाका कुखुरापालन कृषक तथा व्यवसायीकाे साधारण सदस्य १ सय नाै रहेकाे छन् । साधारण सदस्यहरुकाे संख्या क्रमश बढ्दै जाने नवनिर्वाचित अध्यक्ष दिनेशचन्द्र महतले जानकारी दिए । कृषक तथा व्यवसायीकाे संख्या जिल्लाका अरु स्थानीय तहहरुमा समेत पुगि विस्तार गरिने समेत उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार