एयरपोर्ट र बसपार्कको लागि सस्तोमा किनिएको जग्गा फिर्ता गर्नुपर्छ : उम्मेदवार इस्बो


धरान : धरान उपमहानगरपालिका लागि समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्बोले धरानमा प्राबिधिकले एयरपोर्ट बन्न सक्दैन भनेकोले सस्तोमा किनिएको जग्गा फिर्ता गर्नुपर्ने बताएका छन् ।

उम्मेदवार गजेन्द्र इश्बोले वडा नम्बर ८ को घरदैलो मा जाने क्रममा पत्रकारले लिएको जिज्ञासामा यस्तो जवाफ दिएको हो । प्राविधिकले एयरपोर्टको लागि भेडेटारको पहाडको कारण हवाई जहाज ल्याण्ड गर्न असर पर्छ भन्नेकुरा आएको भन्दै आफुले पनि त्यही कुरा लागेको बताए ।अब यदि एयरपोर्ट नबन्ने हो भने सम्झौता अनुसार सस्तोमा किनिएको जग्गा सम्बन्धित जग्गा धनिलाई नै फिर्ता गर्नुपर्ने स्पष्ट पारे ।

धरानमा अर्को समस्या बसपार्क भएको भन्दै हाल सुन्दर बस्तिमा बन्न लागेको बसपार्कको जग्गा ल्यानडपुलको ब्याबस्थामा ल्याएको बताए । सो ल्यानडको टेबलको वरिपरि धरान उपमहानगरपालिकाको कर्मचारीले जाग्गा मिलाएर राखिएको बताए।ल्यान्डपुलिङ जग्गामा स्थानिय बासिन्दाको जग्गामा धरान उपमहानगरको कर्मचारीले जग्गा राखेपछि विवाद भएको बताए । बसपार्क वरिपरि कर्मचारी राजनीतिक ब्यक्तिले राखेको जग्गा सर्वदलीय सर्वपक्षीय रुपमा फिर्ता गरेको खन्डमा मात्र बसपार्क बन्ने अन्यथा बसपार्क बन्न नसक्ने स्पष्ट पारे ।

स्मरन रहोस २०६० साल चैत १० गते तत्कालिन धरान मेयर कुमारबहादुर कार्किको कार्यकालमा एयरपोर्ट बनाउनको लागि भनेर धरान १७ मा रहेको जग्गा यति इन्कर्पोरेटलाई खरिद गर्न पहल गरेका थिए  । सम्झौता अनुसार सो जग्गा क र ख श्रेणिमा बिभाजन गरि क श्रेणिको जग्गा २८ हजार प्रती कठ्ठा र ख श्रेणिको जग्गा ३२ हजार प्रती कठठामा खरिद बिक्रि गर्ने जग्गा धनी सहितको मन्जुरी भएको थियो ।

एयरपोर्टको सो जग्गा खरिद बिक्रि गर्दा सम्झौता माइन्युटको विविधको (क) मा हाल बिक्रि गर्नेहरुले कारणबस योजना असफल भएको खन्डमा साबिक बिक्रि भएकै मुल्यमा स्वतह खरिद गर्न पाउने गरिएको छ ।

तर लगभग धरानमा एयरपोर्ट नबन्ने निश्चित भैसक्दा पनि सम्झौता अनुसार जग्गा धनिले जग्गा फिर्ता पाएका छैनन् भने ठुला राजनीतिक दलले चुनाबी मसला बनाउदै धरानमा एयरपोर्ट ल्याउने बनाउने भ्रम पार्दै भाषण ठोकिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार