बिमलालाई जिताउन फागुनन्दका महिला एकजुट हुँदै (भिडियो सहित)

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा समाजवादी पार्टीका तर्फबाट उमेरद्वार बनेकी बिमला नेम्बाङ आङ्देबेलाई जिताउन फाल्गुनन्दका महिलाहरु एकजुट भएका छन् ।

उपनिर्वाचन निजिकिदैं जाँदा फाल्गुनन्दमा चुनावी सरगर्मी बढेको छ । त्यहाँ सत्तारुढ नेपाल कम्यसनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले लैङ्गिक विभेद र महिला अधिकारका कुरा गर्ने भएपनि व्वहारमा लागू नगरेको भन्दै फाल्गुनन्दका अधिकाशं महिलाहरु महिला उमेरद्वारलाई नै जिताउने तयारीमा लागेका हुन् ।

समाजवादी पार्टीको चुनाबी  प्रचारप्रासर तथा घरदैलो अभियानमा स्थानीय बुद्धिजीवी तथा समाजसेवी कुमारी आङ्देम्बे नेम्बाङ्ले यसपालीको चुनावमा जसरी भएपनि महिला नेतृत्वलाई जिताउन फाल्गुनन्दका महिलाहरु आन्तरिक रुपमा गृहकार्य गरिरहेको बताइन् ।

अभियान टोलीमा समाजवादी पार्टीको तर्फबाट समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, फाल्गुनन्द गाउँपालिका उम्मेदवार बिमला नेम्बाङ आङ्देम्बे, केन्द्रीय सदस्य जेन्टल लाओती, केन्द्रीय लेखा समिति सदस्य डिएम आङदेम्बे, केन्द्रीय नेता तिलबिक्रम चेम्जोङ, प्रदेश १ का सदस्य एबिराज आङदेम्बे,  लिम्बुवान राष्ट्रिय समिति सदस्यहरु माया नेम्बाङ, एलबी रहपाल र तुम्याहाङ नेम्बाङ, पाँचथर जिल्ला अध्यक्ष लक्ष्मण लावती, विद्यार्थी नेताहरु सन्जय राई र मनकुमार आङदेम्बेलगायतको सहभागिता रहेको छ ।

विमलाले आफ्नो चुनावी घोषणापत्रमा महिलामैत्री स्थानीय तह बनाउने उल्लेख गरेकी छिन् । अन्य दलक उम्मेद्वारको तुलनामा विमलाले नयाँ कार्यक्रम आफ्नो घोषणापत्रमा राखेर मत माग्न जनताको घरदैलो चहार्दै छिन् ।

विमलाले एक घर एक महिला रोजगार बनाउने, महिलाहरुलाई स्थानीय स्तरमा विभिन्न सीपमूलक तालिम संचालन गरी व्यवसायिक बनाउने, बाह्यबाट आयात हुने मदिराजन्य पदार्थको प्रतिबन्ध लगाई स्थानीय उत्पादनमा जोड दिइ महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, महिला उद्यमीहरु उत्पादन गरी स्वरोजगार बनाउने, टोलटोलमा मन्टेश्वरी कक्षा स्थापना गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिने, लिम्बू भाषालाई गाउँपालिकाको सरकारी कामकाजी भाषा बनाउने, मातृभाषामा शिक्षाको व्यवस्था गर्नेलगायतको मुद्धा लिएर चुनावी मैदानमा उत्रिएकी छन् ।

अन्य राजनैतिक दल र उम्मेद्वारको तुलनामा विमलाले नयाँ, क्नान्तिकारी र महिलामैत्री घोषणापत्रसहित चुनावी मैदानमा आएकाले अधिकाशं महिलाको मत प्राप्त गर्ने विश्लेषण हुन थालेको छ । फाल्गुनन्द गाउँपालिकामा नेकपाबाट वीरबहादुर कुरुम्बाङ, नेपाली कांग्रेसबाट वृजहाङ आङदेम्बेसहित विभिन्न ८ दलका ८ जना चुनावी मैदानमा छन् ।

गत २०७४ को स्थानीय तहको निर्वचनमा फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेसका अमरकुमार नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए । गत वर्ष नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

हेर्नुहोस् भिडयो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार