सत्तारुढ नेकपाका कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

  नयाँ बुलन्द
28 Shares

 
बिष्णुपादुका (भन्ज्याङ) : धरानमा चुनाबी माहोल ताती क्रम जारी छ । दलहरुले आफ्नो पक्षमा कार्यकर्ता मतदाता भित्र्याउने क्रम जारी छ ।

समाजवादी पार्टीले धरान वडा नम्बर १५ बाट २५ जना पार्टी प्रवेश गराएको केहिदिनपछि धरान उपमहानगर वडा नम्बर २० बिष्णुपादुकाबाट सत्तारुढ नेकपाका कार्यकर्ताहरु समाजवदी प्रबेश गराएका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा रुपेन राई,दिपेन राई,ग्रीहेन राई,निश्चल कुलुङ,सुमोन राई,युबन लिम्बू,मिलन राई,सुदिप राई रहेका छन् । पार्टी प्रवेश गर्नेहरूलाई समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र समाजवादी धरानका मेयर उम्मेदवार गजेन्द्रैस्बोले अबिर खादा फुलमाला लगाएर स्वागत गरेका थिए ।

घरदैलो जाने क्रममा वडा नम्बर २० बिहिबार समाजवादीको प्रचारप्रसारमा पुगेका हुन।बिष्णुपादुकाको भञ्ज्याङ्मा कोणसभा गर्दै पार्टी प्रवेशसमेत गराएका हुन् । कोणसभालाई संबोधन गर्दै वरिष्ठ नेता अशोक राईले अवको बिकल्प समाजवादी पार्टी मात्र एक पार्टी भएको बताए । ३० वर्षसम्म लगातार धरानमा कम्युनिस्टले शासन गर्दा धरान आफै हारिरहेको बताए।अवको जित भनेको धरानको जित हुने र जसका लागि धराने जनताले चुनाब चिन्ह हातमा मतदान गर्न आग्रह गरे।

भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार