
धरान : विगत ३ महिनादेखी मिर्गौला फेल भएका तालकुमारी मगरलाई उपचार सहयोग हस्तान्तरण भएको छ ।
धरान उपमहानगर वडा नम्बर ४ बस्ने पदम मगरको श्रीमतीलाई उपचारको लागि भनेर ३ हजार ५ सय रुपैया उपलब्ध गराएको हो।मगर समुदायको युबाहरुले संकलन गरेको सो रकम बिरामी तालकुमारी मगर र उनका श्रीमान पदम मगरलाई हस्तान्तरण गरिएको छ।
विगत ३ महिनादेखी दुबै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचार गर्न सकिरहेको छैन। भनिए जस्तो आर्थिक संकलन समेत नभएको बताए।हाल बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका तालकुमारिको पटकपटक गरि १२ पटक डाईलोसिस गरिएको कुरा उनका श्रीमानले बताए। एकपटक डाईलोसिस गर्दा एघार हजार लाग्ने भएकोले कहिलेकाही दैनिक र कहिले हप्ताको एकपटक डाईलोसिस गर्नुपरेको बताए।नेपाल सरकारले डाईलोसिस निशुल्क गरिरहेको पनि विभिन्न कागज मिलाउनुपर्ने भएकोले सेवा नपाएको गुनासो गरे ।
चिकित्सकले दुबै मृगौला फेर्न सल्लाह दिएकोले जस्का लागि ४० देखि ५० लाख लाग्ने भएको बताए । आर्थिक अवस्था कमजोर भएकोले उपचार को लागि आर्थिक सहयोग गर्न याचना गरेको छ । हाल बिरामी तालकुमारी मगरकै नाममा रहेको धरान शाखाको राष्ट्रिय वाणिज्य बैंकको खाता नबर २१६००००९२१२ मा सिधै जम्मा गर्न सकिने छ भने आवस्यक जानकारिको लागि बिरामीको श्रीमानको मोबाइल नम्बर ९८१४३२४१०८ मा सम्पर्क गरन सकिने छ ।















































