किरात माङहिमका लागि देउसीभैलो कार्यक्रमबाट ४ लाख बढी संकलन

  चेतन आङथुपो  101 पटक हेरिएको

चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिका ४ स्थित किरात माङहिमको भौतिक विकास सहयोगार्थ आयोजित देउसीभैलो कार्यक्रमबाट ४ लाख बढी संकलन भएको छ ।

स्थानीय सुम्नीमा टोेलमा रहेको किरात हाङ्साम युमा माङ्हिमको सहयोगार्थ आयोजित देउसीभैलो कार्यक्रमबाट ४ लाख १८ हजार ४ सय ९४ रूपैयाँ नगद संकल भएको जनाइएको छ । त्यस्तै माङहिमकै लागि १ लाख ८० हजारकाे साउण्ड सिस्टम, १३ हजारकाे नाचका लागि सामग्री, ७ हजारको बत्ती खरिद गरिएको देउसीभैलो नाच समितिका अध्यक्ष भिमबहादुर फागोले जानकारी दिए ।

५ जना जग्गादाता सम्मानित

यसैबीच माङहिम निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउने ५ जना जग्गादाताहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा जग्गादाता चुलाचुली ४ का गजेन्द्र पदालुङ, जसमती राई, विशाल हाङसुरूम्बा, पुर्णा पन्धाक, डम्बर हाङसुरूम्बा रहेका छन् । उनीहरुलाई चुलाचुली गाउँपालिका ४ का वडा अध्यक्ष कालीदास भट्टराईले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यस्तै देउसेभैलो कार्यक्रममा सर्वाधिक सहयोगीदाता माङ्सेबुङ गाउँपालिका ३ का देउमान आङबोहाङ (५ हजार पाँचभ सय रुपैयाँ), बेलडाँगी २ का बादल सुब्बा (५ हजार ५ सय रुपैयाँ) र बेलडाँगी २ कै हेमराज लिम्बू (५ हजार ५० रूपैयाँ) लाई समेत सम्मान गरिएको छ ।

देउसीभोलै कार्यक्रममा नृत्य निर्देशक सौगात राई, लक्ष्मी चाम्लिङसहित कलाकारहरूलाई प्रमाणपत्र, मायाको चिनो विशिष्ट अतिथि समाजसेवी राजेन्द्र केरूङ, सेवासावा दिलिपकुमार सम्बाहाम्फेद्वारा वितरण गरिएको देउसेनाचका सचिव तथा कार्यक्रम संचालक सुमन हाङसुरूम्बाले जानकारी दिए ।

हालसम्म ५ कठ्ठा जमिन रहेको किरात हाङ्साम युमा माङ्हिमको २५कात्तिक २०७३ मा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, डा. चन्द्रकुमार शेर्मा, प्रदेश सासंद धिरेन्द्र शर्मा लगायले उद्घाटन गरेका थिए ।

माङ्हिमको लागि विनोद पदालुङ र जीवन पदालुङले आफ्नी स्वार्गिय आमा आशारानी पदालुङको नाममा कार्यक्रम गर्ने मञ्च निमार्ण गरीदिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार