पाँचथर : फाल्गुन्नद गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त(हलो) का युवा संगठन जिल्ला अध्यक्ष घनेन्द्र चेम्जोङ सहित ७० जनाले पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
जिल्ला सदस्य रमेश चेम्जोङ,नरविर चेम्जोङ, क्षेत्रियमहिला सदस्य रेखा चेम्जोङ र कार्यकर्ताहरु पुर्ण चेम्जोङ,याम चेम्जोङ,बसन्त चेम्जोङ,सरोज चेम्जोङ,भिम चेम्जोङ,समीर चेम्जोङ,रुपन चेम्जोङ लगायतका सदस्यले पार्टी प्रवेश गरेका छन्।
मंगलबार पार्टी कार्यालयमा वडा न. -५ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी वडाध्यक्ष टिकाचन्द्र चेम्जोङको अध्यक्षतामा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य अईन्द्रसुन्दर नेम्वाङले नवप्रवेसिलाई फुलमाला अविरले स्वागत गरेका थिए।
सोही कार्यक्रममा फाल्गुनन्द पार्टी इन्चार्ज प्रेमप्रसाद रिजाल,जिल्ला कमिटी सचिवालय सदस्य शंकर ध्वज नेम्वाङ,वीर नरसिं चेम्जोङ,केहेरसिं चेम्जोङ,नेकपा तर्फबाट फाल्गुनन्द अध्यक्ष उम्मेदवार वीर बहादुर कुरुङ्गबाङ्ग,पाँचथर काठमाडौं सम्पर्क समिति सदस्य राजु लिम्बु,फाल्गुनन्द नेकपा सचिवालय सदस्य विनोद आङ्देम्बे समेतको उपस्थितमा नवप्रवेसिलाई स्वागत गरिएको वडा न.५ का सचिव पञ्चबहादुर चेम्जोङले जानकारी दिए।