जोरधारा कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

  गोविन्द लामिछाने  86 पटक हेरिएको

आमचोक : आमचोकस्थित जोरधारा कृषि सहकारी संस्था लिमिटेड फाकफोकथुम–३ इलामको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष राजन पौडेल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष तथा नेपाल किसान संघका जिल्ला अध्यक्ष केदार पौडेल, नेपाली काँग्रेस वडा सभापति अनिरुद्र लामिछाने, महिला पासाङलामु बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रमिता थापा, महिला सञ्जालकी श्रृजना दाहाल, गुरुभक्त लामिछाने, सिंहदेवी माविका प्रअ मोतिखर पोखरेललगायतले अग्र्यानिक तथा सामूहिक खेती प्रणालीमा जोड दिए ।

बक्ताहरुले आफूले मात्र उपभोग गर्ने नभई बजारमा विक्री गर्ने उद्देश्यले वस्तु धेरै उत्पादन गर्नुपर्ने अनि मात्र सहकारीको अवधारणा अनुसार अघि बढ्न सकिने विचार व्यक्त गरे । त्यस्तै संस्थाका अध्यक्ष कुलप्रसाद लामिछानेले सहकारीको माध्यमबाट मात्र विकास र समृद्धि हुने र यसमा सबैको साथ सहयोगको अपेक्षा रहेको बताए ।

सभामा संस्थाका व्यवस्थापक बालकृष्ण लामिछानेले संस्थाको गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरे ।

संस्थाका व्यवस्थापक लामिछानेले शेयर पुँजी एक लाख ९५ हजार, बचत चार लाख २० हजार ८३२, ऋण लगानी चार लाख ९१ हजार र एक लाख आठ हजार ८७३ व्याज आम्दानी रहेको जानकारी दिए ।

सभामा शेयर रकम पाँच हजार पु¥याउने र संस्थाका सदस्यहरुलाई आपतकालीन अवस्थामा सहयोग गर्नका लागि आपतकालीन कोष खडा गर्नेलगायतका निर्णय पारित गरिएको छ ।

कार्यक्रमको संचालन संस्थाका लेखा समिति सदस्य घनेन्द्र लामिछानेले गरेका थिए । संस्थामा ६२ जना शेयर सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार