नेकपा भाषा, संस्कृति र पहिचान बिरोधि भएको काँग्रेसको उद्घोष

  नयाँ बुलन्द  58 पटक हेरिएको

नवमीडाँडा : पाँचथरको फाल्गुनन्दमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्न नवमीडाँडा आएका नेपाली काँग्रेसका केन्द्रिय नेताहरुले कम्युनिष्टहरु भाषा, लिपि, साहित्य र संस्कृतिलाई समाप्त पार्न लागि गरेको बताएका छन् । नेकपाले नेपालीहरुको पहिचान, भाषा र संस्कृतिमाथि एकपछि अर्को गर्दै प्रहार सुरु गरेको नेताहरुले बताए ।
चुनाबी सभालाई सम्बोधन गर्न काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा आधा दर्जन केन्द्रिय नेताहरु फाल्गुनन्द आएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेकपाले साहित्य र संस्कृतिमाथि प्रहार गरेको बातए । ‘नेकपालाई साहित्य र सभ्यता मन पर्दैन,’ फाल्गुनन्दमा चर्किएको मातृभाषा शिक्षा सम्बान्धिको मुद्धालाई उल्लेख गर्दै पौडेलले भने ‘आफ्ना कार्यकर्तालाई मातृभाषा शिक्षा बिरुद्ध मुद्धा हाल्न लगाउनु भाषा र संस्कृति मास्न नेकपा उद्य्त हुनु हो ।’
सम्बोधनकै क्रममा पौडेलले चुनाबाट चुनिएका सबै मान्छे लोकतन्त्रबादी नभएको उल्लेख गरे । प्रधानमन्त्री केपी ओली लोकतन्त्र मासेर तानाशाही बन्न खोजेको पौडेलको आरोप थियो । संबैधानिक आयोगमा सरकारले आफ्ना अरौटे भरौटे नियुक्ति गरेर मनपरि गरेको उनले बताए । ‘सरकारी कर्मचारीलाई नेकपाले आफ्ना गोठाला जस्तो बनाएको छ,’ उनले भने ‘संबैधानिक निकायलाई आफ्नो खटनमा चलाएर सत्ता कव्जा गर्न नेकपा लागिपरेको छ ।’ नेकपाले सत्ता र पैसाको शक्तिमा लोकतन्त्रको चिरहरण गरेको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य गुरुराज घिमिरेले ओछ्यानबाट मुलुक चल्न नसक्ने उनले बताए । ‘प्रधानमन्त्री जि को स्वास्थ्य नाजुक छ,’ घिमिरेले भने ‘उहाँको स्वास्थ्यलाभको कामना गछौँ, तर, प्रधानमन्त्री ओछ्यान परेको मुलुकले गति लिन सकेको छैन ।’ गरिब नेपालीको छोरा उपचार नपाएर मर्नुपर्ने बाध्यता भएको तर, नेताहरुको स्वास्थ्यको लागि राज्यको करोडौ रुपैँया खर्चिएको उनले दुःख व्यक्त गरे ।
अस्पतालको बेडबाट मुलुक चलाउन खोजिएकाले मुलुक डुब्न लागेको घिमिरेको तर्क छ । ‘छिमेकी मुलुकले नेपालको सिमा मिच्दासम्म सरकार बोल्न किन हिचकिचाईरहेको छ,’ उनले प्रश्न गर्दै भने ‘राष्ट्रबादी भनिएका ओली सरकार यो बिषयमा किन मौन ?’
अर्का केन्द्रिय सदस्य बद्रि पाण्डेले नेकपा सिद्धान्तहिन शक्तिको रुपमा रुपान्तरित भएको बताए । ‘हिजो मार्ने र मर्नेहरु एकठाउमा जम्मा भएका छन्,’ तत्कालिन माओवादी र एमालेको एकताको प्रसंग निकाल्दै पाण्डेले भने ‘कुनै सिद्धान्तको मेल नभएर कमाउने उद्धेस्यले उनीहरु एक ठाँउमा भएका हुन् ।’ सम्बोधनकै क्रममा पाण्डेले मंसिर १४ गते हुने उपनिर्वाचनलाई नेकपाले धन र डनको भरमा चुनाब भिड्न लागेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य धनराज गुरुङले नेकपाको सरकारकै कारण राष्ट्रियता कमजोर भएको उल्लेख गरे । ‘सरकारकै कारण राष्ट्रियता खतरामा छ,’ गुरुङले भने ‘सरकारले चुच्चे रेल ल्याउने सपना देखेर मुलुक बेचिरहेको छ ।’ चिन र भारत दुइटै देशले नेपालका सिमा मेच्दा पनि सरकार नबोलेकोमा उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रमलाई केन्द्रिय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बे, पुर्व सांसद रामहरि खतिवडा, पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, इलाम सभापति हिमाल कर्मचार्य लगायतले जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रमा नेकपा परित्याग गरी दुई सय भन्दा धेरै काँग्रेस गरेका थिए । बरिष्ठ नेता पौडेलले नवप्रवेशीहरुलाई सदस्यता प्रदान गरेका हुन् । काँग्रेसले शक्ति प्रदर्शन सहति चुनाबी सभा गरेको हो । फाल्गुनन्दमा मंसिर १४ गते अध्यक्ष पदका लागि निर्वाचन हुने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार