फाल्गुनन्द गाँउपालिकामा नेपाली काँग्रेस प्रवेश गर्नेको संख्या उल्लेख्य

  नयाँ बुलन्द
0 Shares

नवमीडाँडा : उपनिर्वाचनको मिति नजिएसँगै पाँचथरको फाल्गुनन्द गाँउपालिकामा नेपाली काँग्रेस प्रवेश गर्नेको संख्या बढेको छ । काँग्रेसले शनिबार नवमीडाँडामा आयोजना गरेको चुनाबी कार्यक्रममा पालिकाका सातै वडाका  दुई सय भन्दा धेरै काँग्रेस प्रवेश गरेका हुन् ।
चुनाब परिचालन समितिका संयोजक रामराज आङ्देम्बेका अनुसार प्रवेश गर्नेहरुले बरिष्ठ नेता रामचन्द्र पौडेलको हातबाट सदस्यता ग्रहण गरेका छन् । वडा नं. १ बाट ४०,  वडा नं. २ बाट १५, वडा नं. ३ बाट ३५ वडा नं. ४ बाट ३५, वडा नं. ५ बाट ४०, वडा नं. ६ बाट ३५ र वडा नं. ७ बाट १५ जना काँग्रेसमा प्रवेश गरेको आङ्देम्बेले बताए ।  काँग्रेस प्रवेश गर्ने अधिकांशले नेकपा परित्याग गरेका हुन् ।
चुनाबी सभालाई काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य तथा अनुशासन समितिका सदस्य भिष्मराज आङ्देम्बे, केन्द्रिय सदस्यहरु धनराज गुरुङ, बद्रि पाण्डे, गुरुराज घिमिरे, पुर्व सांसद रामहरी खतिवडा लगायत जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार