फाल्गुनन्द गाँउपालिकामा नेकपा बाहेकका दलहरु भाषा शिक्षाको मुद्धामा एकजुट

पञ्चमी : पाँचथरको फाल्गुनन्द गाँउपालिकामा नेकपा बाहेकका दलहरु मातृभाषा शिक्षाको मुद्धामा एकजुट भएका छन् । नेपाली काँग्रेस, समाजवादी पार्टी र लिम्बूवान लगायतका दलहरुले भाषा शिक्षालाई मुख्य मुद्धा बनाएर अघि बढेका छन् ।
मंसिर १४ गते हुने उप निर्वाचनको मिति नजिकिएसँग भाषा शिक्षाको मुद्धामा नेकपा एक्लिएको हो । जातिय संस्थाहरुले पनि मातृभाषा शिक्षा पुनः सुचारु गराउन चरणबद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले भाषा, लिपी र पहिचान बिरुद्ध लाग्ने जुनसुकै पार्टी र व्यक्तिलाई बाँकी नराख्ने चेतावनी दिएका छन् ।
फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष पदका लागि आठ पार्टीका उम्मेद्धारले मनोनयन दर्ता गराएका छन् । नेकपा बाहेकका मनोनयन दर्ता गराएका दलहरुले भाषा शिक्षालाई मुख्य एजेन्डा बनाएका हुन् । यसअघि लागु गरिएको मातृभाषा शिक्षा बिरुद्ध नेकपा फाल्गुनन्द गाँउ कमिटिका सचिव इन्द्रकुमार नेम्बाङले उच्च अदालत इलाममा मुद्धा दर्ता गरेपछि काँग्रेस, समाजवादी, लिम्बूवान लगायतका दलहरु  भाषा शिक्षाको एजेन्डामा एकमत देखिएका हुन् ।
पालिकाले निर्णय गरेर यहाँका १६ विद्यालयमा मातृभाषा शिक्षा लागु गरेको थियो । जसमध्ये सात ओटा विद्यालयमा राई, लिम्बू र तामाङ भाषाबाट कक्षा सच्चालन समते सुरु भएको थियो । नेकपा सचिव नेम्बाङले भाषा शिक्षा बिरुद्ध  मुद्धा हालेपछि  तत्काल भाषाका कक्षा सञ्चालन नगर्न अदालतले स्टेअडर जारी गरेको छ ।
मातृभाषा शिक्षा रोकिएपछि कक्षा पुनः सूचारु गराउन नेकपा बाहेकका दलहरु आन्दोलित छन् । उक्त आन्दोलनलाई जातिय संगठनले उत्कर्षमा पु¥याएका हुन् ।
‘फाल्गुनन्द गाँउपालिका जनजातिहरुको बाहुल्यता भएको पालिको हो,’ काँग्रेसका उम्मेद्धार बृजहाङ आङ्देम्बेले भने ‘भाषा शिक्षाको संरक्षण गर्नु मेरो पहिलो काम हुनेछ ।’ फाल्गुनन्दमा सबै भाषाबाट कक्षा सञ्चालन गर्ने काग्रेसले एजेन्यडा बनाएको छ ।  फाल्गुनन्द गाँउपालिकामा क्रमशः  लिम्बू, तामामाङ र राई जातिहहरुको उल्लेख्य मात्रामा बसोबास छ । जनजातिहरुको भाषा, लिपी र संस्कृतिलाइृ जगेर्ना गर्ने भन्दै गाँउपालिकाले भाषा शिक्षा सुरु गरेको थियो ।
शिक्षा र भाषा बिज्ञ प्रक्रियागत रुपमा नियुक्ति नगरेकाले मुद्धा हाल्नुपरेको नेकपाले जनाएको छ । ‘हामीले प्रक्रियाको कुरा उठाएका हौ,’ नेकपाका उम्मेद्धार बीर बहादुर कुरुम्बाङले भने ‘एकलौटी ढंगमा शिक्षक र भाषा बिशेषज्ञ नियुक्ति गरेकाले अदालतसम्म पुग्नु परेको हो ।
समाजवादी पार्टीले भाषा शिक्षा बिरुद्धको मुद्धामा आपत्ति जनाएको छ । एकैसाथ एउटै प्रक्रियाबाट नियुक्ति भएको अन्य विषयका शिक्षक नियुक्तिको बिषयमा मुद्धा नहालेर मातृभाषाको बिरुद्धमा मात्रै मुद्धा हालेकाले नेकपा पहिचान बिरोधी भएको समाजवादीको नेता मनकुमार आङ्देम्बेले बताए । समाजवादीले पालिका केन्द्र घुब्रिशे पञ्चमीमा खबरारी जुलुश समेत गरिसकेको छ । तमाेर खबरकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार