माबुमा बालाचतुर्दशी खुल्ला नकआउट फूटबल प्रतियोगिता

माबु : इलामको सन्दकपुर गाउँपालिका ‍४ माबुमा १ मंसिरदेखि तेस्रो संस्करणको बालाचतुर्दशी खुल्ला नकआउट फूटबल प्रतियोगिता संचालन हुने भएको छ ।

बालाचतुरर्दशीको अवसरमा नालीफूङ्वा स्पोर्टीङ क्लब सन्दकपुर ४ माबुको आयोजनामा प्रतियोगिता संचालन हुन लागेको हो

९ मंसिरसम्म संचालन हुने प्रतियोगिताका विजेताले नगद ६० हजार १ ससय ५ र उपविजेताले नगद ३० हजार १ सय ५ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ गोररक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता र राइजिङ प्लेयर अफ द टुनामेन्टले पनि ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिता जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा संचालन हुने आयोजक नालीफूङ्वा स्पोर्टिङ क्लबका अध्यक्ष राजकुमार साउदेनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार