माङसेबुङको ढुङ्गेडाँडामा वडास्तरीय पुरुष फूटबल सुरु

  नयाँ बुलन्द  76 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ ढुङ्गेडाँडामा वडास्तरीय फूटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा वडा नम्बर २ ‘बी’ लाई २-१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर १ ‘बी’ विजयी बन्यो । दोस्रो खेलमा वडा नम्बर ४ ‘ए’ लाई १-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ ‘बी’ विजयी बन्यो ।

प्रतियोगिता अन्तरगत शनिबार पनि दुई खेल संचालन हुनेछन् । पहिलो खेलमा वडा नम्बर ५ ‘ए’ र वडा नम्बर ६ ‘ए’ तथा दोस्रो खेलमा वडा नम्बर १ ‘बी’ र वडा नम्बर ६ ‘बी’ बीच प्रतिष्पर्धा हुने आयोजक समितिका सदस्य प्रविण लिम्बूले जानकारी दिए ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल ४ मंसीरमा हुनेछ । माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगा संचालन भएको हो ।

प्रतियोगितामा ६ वटा वडाका १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता स्थानीय महेन्द्रोदय माविको खेलमैदानमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार