अमर ट्रुपको दोस्रो दीक्षान्त समारोह सम्पन्‍न

  नयाँ बुलन्द  125 पटक हेरिएको

इलाम :  इलाम नगरपालिका ५ बरबोटेस्थित अमर माध्यमिक विद्यालयमा संचालित अमर स्काउट दलमा आबद्ध विद्यार्थीहरुको दीक्षान्त सम्पन्न भएको छ ।

कार्यक्रममा स्काउटर अर्जुन सर्माले स्काउटको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

छिमेकी विद्यालयका स्काउटरहरुको समेत उपस्थिति रहेको कार्यममा ४५ जना नयाँ स्काउट विद्यार्थीहरु सफत ग्रहण पश्चात स्काउट सदस्य ब्याज, विश्व ब्याज र स्काफबाट दीक्षित भएका थिए ।

गत वर्ष दीक्षित भएका ३८ जनाले दोस्रो तहको अन्नपूर्ण ब्याज प्राप्त गरेका छन् । हाल अमर माविमा ८३ जना स्काउट विद्यार्थी रहेका छन् । हरेक साता शुक्रबार स्काउट शिक्षा र तालिम सन्चालन हुँदै आएको अमर स्काउटले विविध स्थानीय र जिल्ला स्थित कार्यक्रममा सहभागीता जनाउँदै आइरहेको छ ।

सोही कार्यक्रमको अवसरमा गिजाको क्यान्सर भएर अप्रेसन पश्चात् उपचाररत विद्यार्थी ज्योति राईको सहयोगको लागि अमर स्काउटले दिपावलीको अवसरमा खेलेको देउसीबाट संकलित रकम २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

यसअघि स्काउटले आर्थिक संकलन गरेको ७० हजार १ सय ६० रुपैयाँ हस्तान्तण गरिसकेको थियो । हालसम्म अमर स्काउटले ९५ हजार १ ६० रुपैयाँ राईको उपचारमा सहयोग गरेको छ ।

शुक्रबार ज्योति आफैं डाक्टरसँग बिदा लिएर बिद्यालयका साथीहरू र शिक्षकलाइ भेट्न विद्यालय आएको बेला देउसीबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।

अमर स्काउट दल समितिका अध्यक्ष तथा बिद्यालयका प्रधानाध्यापक सोमनाथ निरौलाको अध्यक्षता तथा शिक्षक अभिभावक संघका अध्यक्ष खुसबहादुर लिम्बुको प्रमुख आथित्यतामा कार्यक्रम भएको कार्यक्रममा प्रमुख अतिथिसहित जिल्ला स्काउट इलामका जिल्ला आयुक्त कृष्णकुमार घले, विद्यालय व्यवस्थापन समितिका सदस्य पुनम भट्टराई, सहायक प्रधानाध्यापक जयनारायण भट्टराईलगायतले सुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको स्वागत स्काउटर प्रेमराज लिम्बुले स्वागत गरेका थिए ।

कार्यक्रममा देउसी भैलोमा सहभागी विद्यार्थीहरुलाइ पुरस्कृत समेत गरिएको थियो । कार्यक्रमको अबसरमा स्काउट विद्यार्थीले मार्चपास र नृत्यहरु प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार