सीमा विवाद समाधानमा सरकार गम्भीर हुनुपर्छ : नेता पौडेल (भिडियो सहित)

इलाम : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल भारत सीमा विवाद समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । शुक्रबार इलाममा पुगेर नेता पौडेलले विवाद समाधानका लागि चाँडो पहल गर्न सरकारलाई सुझाए ।

इलाम सदरमुकाममा आयोजित स्थानीय तह पार्टी संरचना समायोजन घोषणा सभालाई सम्वोधन गर्दै नेता पौडेलले लामो समयदेखि कायम रहेको सीमा समस्या हल गर्न सरकारले चाँडो कुटनीतिक पहल थाल्नुपर्ने बताए । ‘भारत र चीन दुवै तर्फको सीमा समस्या हल गर्ने उपयुक्त समय आएको छ । यसका लागि सरकारले चाँडो पहल थालोस्’ नेता पौडेलले भने, ‘यो राष्ट्रियताको सवाल भएकाले सरकारलाई रचनात्मक सहयोग गर्न कांग्रेस तयार छ ।’

नेता पौडेलले सचिव स्तरीय टोलीले सिमा समस्या हल गर्न नसक्ने बताउँदै प्रधामन्त्री आँफैले वार्ताको वातावरण बनाउन लाग्न सुझाव दिए । ‘भारत होस् या चिन कुनै हालतमा एक इन्च सिमा मिच्न दिनु हुँलैन । भारतको हेपाहा प्रवृतिको अन्त्य गर्न सरकारले आँट गर्न सकेन’ नेता पौडेलले भने, ‘सीमा विवाद देखिएका स्थानमा नेपालको भूभाग जतिका प्रमाण जुटाएर भारतसँग् कडा रुपमा प्रस्तुत हुन सरकारलाई अनसुरोध गर्छु । सहयोग गर्न कांग्रेस तयार छ ।’

पनि हाल सरकार प्रमुख हुँदा कुनै काम गर्न नसकेको आरोप लगाए । आफ्नो मन्तव्यको अधिकाशं समय सरकारको आलोचनामा खर्चिएका नेता पौडेलले नेकपा नेतृत्वको सरकार पुरापुरी असफल भइसकेको दावी गरे । देशमा भष्ट्राचार, कालोबजारी, हत्या हिंसा मौलाउँदा पनि दुई तिहाईको सरकारले ठोस कदम चाल्न नसक्नुले सरकारको असफलता प्रमाणित भएको दावी गरे ।

त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिष्टहरुले संघीयतामा विश्वास नगर्ने भएकाले पनि हाल जताततै भ्रष्टाचार मौलाएको बताए । कांग्रेसकै नेतृत्वमा संविधान आएको र अब पनि कांग्रेसले नै संघीयता कार्यान्वयन गराउने उनको दाबी छ । यसअघि पार्टीले हार ब्यहोरे पनि अवका चुनावहरुमा उसैगरी नेकपा पछि पर्ने उनको भनाई छ । हारसँग हार नहुन कार्यकर्तालाई सुझाव दिँदै उनले यसलाई पाठको रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका अनुशासन समितिका संयोजक भिष्मराज आङदेम्बे, केन्द्रीय सदस्य धनराज गुरुङ, बद्रि पाण्डे लगायतका नेताहरुले सम्बोधन गर्द सरकारको कडा आलोचना गरेका थिए ।

नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यको सभापतित्वमा भएको थियो । जिल्लाका विभिन्न नगर र गाउँपालिकाबाट सयौंको संख्यामा कार्यकर्ताहरु सदरमुकाम आएका थिए । राज्यपुर्नसंरचना पछि पहिलोपटक पार्टीको स्थानीय तहको संरचना समायोजन सकेर सदरमुकाममा घोषणा सभा गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार