इम्बुङमा आयोजित खुल्ला नकआउट फूटबलको उपाधि रानीगाउँलाई

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा आयोजित खुल्ला नकआउट पुरुष फूटबल प्रतियोगिताको उपाधि रानीगाउँ पाँचथरले जितेको छ ।

विहीबार भएको फाइनलमा आयोकज टुस्टार ग्रामीण सृजनशील क्लब पाँचथरलाई २-० गोलको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । रानीगाउँका लागि अरुण लिम्बूूले एक  गोल गरेका थिए भने अर्को आत्मघाती गोलको उपहार पाएको थियो ।

जितसँगै रानीगाउँले नगद ८१ हजार १ सय ११ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता आयोजक टुस्टारले भने नगद ४१ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पायो ।

त्यस्तै वेस्ट प्लेयर घोषित आयोजक टुस्टरका विशला राईले नगद ५ हजार रुपैयाँ र हाइस्कोरर घोषित विजेता रानीगाउँका सन्तु लिम्बूले नगद ३ ३ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो (मौसम) ले पुरस्कार वितरण गरेका थिए ।

२०७६ सालको बराह क्षेत्र (कार्तिके पूर्णिमा) मेलाको अवसरमा टुस्टार ग्रामीण सृजनशील क्लबले प्रतियोगिता आयोजना गरेको हो । गत २४ कात्तिकदेखि संचालित प्रतियोगितामा पूर्वका विभिन्न १६ टिमको सहभागिता थियो ।

प्रतियोगिता स्थानीय सत्यहाङमा माध्यमिक विद्यायलयको खेलमैदानमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार