इलामको सिमावर्ती बजार पशुपतीनगरमा प्रदर्शन (भिडियो सहित)

  नयाँ बुलन्द  335 पटक हेरिएको

इलाम : भारतले नेपाली भुमी कालापानी/लिपुलेक लगायतका स्थानहरु भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बिहीवार इलामको सिमावर्ती बजार पशुपतीनगरमा प्रदर्शन गरेको छ ।

पशुपतिनगरको बसपार्क बाट सुरु भएको र्‍याली सिमामा पुगेर कोण सभामा परिणत भएको थियो ।  र्‍यालीमा सहभागीले सिमा मिच्न पाईदैन, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो, ‘गो व्याक इन्डिया’ लगायतका नाराबाजी गरेका थिए ।

नेपाल भारत सिमा बजारमा भएको विरोध सभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रिय लेखा आयोग सदस्य  पेमा उगेन लामाले छिमेकीको नभई भारतीय मिचाहा प्रबृतिको बिरोध गरेको बताए । केन्द्रिय सदस्य रबिन्द्र सुबेदिले नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग राखेका थिए भने भारतको जबमुकस्मीर समेत गोर्खालीले रक्षा गरिहेको भन्दै नेपालको सिमानामा गिद्दे दृष्टी नलगाउन आगह गरे ।

अखिलकै केन्द्रिय सदस्य सदिंभक्त शंकरले सिमामा देखिएका समस्या सरकारी तवरबाट हल नभए बिद्यार्थीहरु सिमानामा रगत बगाउन तयार भएको बताए । यस्तै कोणसभामा बोल्दै अनेरास्ववियूका जिल्ला अध्यक्ष प्रवेश पराजुलीले नेपाली भूमिमा हुने हस्तछेप तत्काल बन्द गरिनुपर्ने बताएका छन ।

कार्यक्रम इलामका अध्यक्ष प्रवेश पराजुलीको संयोजकतवमा भएको थियो । बिद्यार्थीहरुले पशुपतिनगर बजारमा नाराजुलुस सहित प्रर्दशन गरेका थिए ।इलामको रोङ गाउँपालिका (मेची किनार) देखि सन्दकपुर सम्मको लगभग ५३ किलोमिटर क्षेत्रमा सिमा समस्या छ । इलाम जिल्ला संग सिमाना जोडिएको भारतीय सिमानामा जम्मा एक सय ४६ वटा सीमा स्तम्भहरू रहेका छन् । त्यस मध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र माईनर स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेको पाईएको छ ।

यस्तै शुक्रबार  ३६३६ मिटको उचाईमा रहेको सिमा क्षेत्र सन्दकपुरमा बिरोध र्याली गरिने अध्यक्ष पराजुलीले नयाँबुलन्द लाई जानकारी दिए । उक्त संगठनसँग आबद्ध विद्यार्थीले सामाजिक सञ्जालमा समेत आलोचना गरेका छन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार