मुटु रोगीलाई माइजोगमाई गाउँपालिकाद्वारा आर्थिक सहयोग

  नरेन इलामेली  270 पटक हेरिएको

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले मुटु रोगीलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले माइजोगमाई ४ नामसालिङ्गका मुटु सम्बन्धि रोगबाट पिडित मोहनप्रसाद ढकाललाई उपचारका लागि सहयोगार्थ २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

ढकालको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा समस्या भएकाले गाउँपालिकाले विपन्नता सहयोग कोषबाट सहयोग गरिएको गाउँपालकिा श्रोतले जनाएको छ । उनको उपचारका लागि मंगलबार गाउँपालिका अध्यक्ष जितबहादुर राईले ढकालका छोरा लक्ष्मण ढकाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

गाउँपालिकाले यस अघि पनि विपन्नता सहयोग कोष मार्फत विभिन्न विरामीहरुलाई सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार