धरान नगरको प्रमुख पदका लागि २३ जनाको मनोनयन दर्ता

धरान : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि धरान उपमहानगरमा प्रमुख पदको लागि २३ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार मेयर पदमा नेपाली कांग्रेसबाट प्रमुख पदमा तिलक राई, उनको प्रस्तावकमा चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् भने समर्थकमा हरिनाथ बाँस्तोला रही उम्मेदवारी दर्ता गरिएको छ ।

नेकपाबाट प्रकाश राईले उनको प्रस्तावकमा इन्दु राई समर्थकमा मञ्जु भण्डारी सुवेदी रहि उम्मेदवारी दर्ता गराएका हुन ।

यसैगरि, समाजवादी पार्टीबाट गजेन्द्रबहाहुर लिम्बूले बिपिन इवारमको प्रस्तावक रहि बिना पुमाराईको समर्थनमा मेयर पदको उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)बाट कुमार बराइली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन विश्वकर्माले पनि मेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

साझा पार्टीबाट राजनकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी(माले)बाट एकराज सुब्बा, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, नेपाल लोकतान्त्रिक पार्टीबाट नित्यराज काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टी(लोकतान्त्रिक)बाट भीमबहादुर लिम्बू र आमुल परिर्वतन मसिहा पार्टीबाट छत्रबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

धरानको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनेहरुमा दावा शेर्पा, श्यामकृष्ण पहाडी भुजेल, विशाल थापा, हर्कराज राई, निदेश श्रेष्ठ ऐलिसा राई, कुमार भटराई, अमृतकुमार राई, जनार्दन कोइराला, मनराज राई र रुद्र बस्नेत रहेका छन् ।

धरानमा वडा नमबर ७ मा पनि रिक्त पद रहएकोले वडाअध्यक्षमा ४ जनाले  मनोनयन दर्ता गराएका छन। नेकपाबाट जीवनराज सुवेदी नेपाली कांग्रेसबाट सुवर्णमोहन पलिखेले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश शाक्य र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट निता राईले अध्यक्ष पदमा मनोनयन दर्ता गराएको कुरा निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार