उपाधिका लागि आयोजक टुस्टार र रानीगाउँ भिड्दै

  नयाँ बुलन्द  139 पटक हेरिएको

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा खुल्ला नकआउट पुरुष फूटबल प्रतियोगिताको उपाधिका लागि आयोजक टुस्टार र रानीगाउँ भिड्ने भएका छन् ।

यसअघि बुधबार भएको सेमीफाइनलमा आफ्ना प्रतिष्पर्धीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेपछि उपाधिका लागि भिडन्त हुने भएको हो ।

बुधबारको पहिलो सेमीफाइनलमा आनिसाक्थिमलाई टाइब्रेकरमा ६-५ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनल प्रवेश गरेको थियो । त्यस्तै दोस्रो समीफाइनलमा तुम्बेवालाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

फाइनलमा आयोजक उपाधिका रक्षाको रणनीतिमा छ भने रानीगाउँ उपाधि कब्जा गर्ने दाउमा छ ।

विजेताले ८१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै वेस्ट प्लेयरलाई ५ हजार रुपैयाँ, हाइस्कोररलाई ३ हजार रुपैयाँ पाउनेछ ।

२०७६ सालको बराह क्षेत्र (कार्तिके पूर्णिमा) मेलाको अवसरमा टुस्टार ग्रामीण सृजनशील क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा पूर्वका विभिन्न १६ टिमको सहभागिता थियो ।

प्रतियोगिता स्थानीय सत्यहाङमा माध्यमिक विद्यायलयको खेलमैदानमा भइरहेको सत्यहाङमा माविका प्रधानाध्यापक रामभक्त नेम्बाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार