फाल्गुनन्द गाँउपालिका अध्यक्षमा ७ जनाको उम्मेद्वारी दर्ता

फिदिम : फाल्गुनन्द गाँउपालिकाको अध्यक्षको उम्मेद्धारी दर्ता गर्दा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ठूलै तामझाम देखाए । दुई पार्टीले जिल्लाभरको शक्ति फाल्गुनन्दमा केन्द्रित गरेका थिए ।

नेकपा, काँग्रेस अनि अन्य दलको उम्मेद्धारी दर्ता गर्ने तालिका तय भएपनि नेकपाले उम्मेद्धारी दर्ता गराउन ढिलो गरेपछि सुरुमा अन्य दलले उम्मेद्धारी दर्ता गराए । काँग्रेसले उम्मेद्धारी दर्ता गराउन जुलुशसहित निर्वाचन अधिकृतको कार्यालय पुगेपछि नेकपाको जुलुस पनि सोही ठाँउमा पुगेको थियो । एउटै मैदानमा दुई दलका कार्यकर्ताले उग्र नारा लगाए । उग्र नारासहित दुई दलका उम्मेद्धारले मनोनयनपत्र दर्ता गराएका छन् ।

पाँचथरमा एक पालिका अध्यक्ष सहित दुई वडाध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ ।  फाल्गुनन्द गाँउपालिका अध्यक्षका लागि आठ जनाले उम्मेद्धारी दर्ता गराएका छन् ।  फिदिम नगरपालिका १ को वडाध्यक्षका लागि सात र   हिलिहाङ गाँउपालिका ७ को वडाध्यक्षका लागि छ जनाले उम्मेद्धारी दर्ता गरेका हुन् ।

फाल्गुनन्दको  अध्यक्षमा  काँग्रेसबाट बृहजहाङ आङ्देम्बे, नेकपाबाट बिरबहादुर कुरुम्बाङ,  राप्रपाबाट,  सशुहाङ चेम्जोङ, मंगल नेशनल अर्गनाइजेशनबाट उदय सुनुवार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितेन चेम्जोङ, राप्रपा (संयुक्त)बाट मोति प्रसाद लिम्बू र समाजवादी पार्टीबाट बिमला आङ्देम्बेले उम्मेद्धारी दर्ता गराएको निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए ।

फिदिम नगरपालिका १ को वडाध्यक्षका लागि सात जनाको उम्मेद्धारी परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट गजाधर भट्टराई, नेपाली काँग्रेसबाट सुवराज थापा, राप्रपा (संयुक्त) कल्पना राई, समाजवादी पार्टीबाट गौरब लामा, राप्रपा (लोकतानित्र)बाट जानुका थाम्सुहाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बीर बहादुर केरुङ र राप्रपाबाट मिलन गिरिले उम्मेद्धारी दार्ता गराएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।

हिलिहाङ गाँउपालिका ७ को वडाध्यक्षका लागि छ जनाले उम्मेद्धारी दर्ता गराएका छन् । नेकपाबाट गेहनाथ रिजाल, काँग्रेसबाट तिलबिक्रम इधिङ्गो, राप्रपा (संयुक्त)बाट मुक्तिनाथ खनाल, समाजवादी पार्टीबाट भुवानी प्रसाद लिम्बू, राप्रपाबाट तुल प्रसाद लिम्बू र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट धन बहादुर थाम्सुहाङले उम्मेद्धारी दिएका हुन् ।

काँग्रेस र नेकपाले शक्ति प्रदर्शन सहति उम्मेद्धारी दर्ता गराएका हुन् । समाजवादी पार्टीले पनि नाराजुलुश सहित उम्मेद्धारी दर्ता गराएका हो । दुई वडाध्यक्ष र एक गाँउपालिका अध्यक्षका लागि काँग्रेस र नेकपाका उम्मेद्धारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा काँग्रेस र नेकपाको उम्मेद्धारको जितमा साना दलको भुमिकामा निर्भर हुने देखिएको छ ।

उम्मेद्धारी दर्तापछि सबै उम्मेद्धारले आफ्नो जित हुने तर्क गरे । काँग्रेसका बृजहाङ आङ्देम्बेले फाल्गुनन्द काँग्रेसको आधार क्षेत्र भएकाले आफ्नो जित निश्चित भएको बताए । नेकपाका बिर बहादुर कुरुम्बाङ्ले दुई तत्कालिन एमाले र माओवादी मिलेर अहिले फाल्गुनन्दमा नेकपा कमजोर नभएकाले यो पटक आफूले जित्ने दाबि गरे । समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आन्दोलनकै रुपमा पार्टीको तर्फबाट उम्मेद्धारी दिएको बताए । राप्रपा र राप्रपा(संयुक्त) ले आफ्नो सैद्धान्तिक मत कभर गर्न उम्मेद्धारी दर्ता गराएको तर्क गरे ।

हेर्नुहोस् भिडियोमा :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार