इम्बुङमा जारी फूटबलमा सोमबार ५ खेल सम्पन्न

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा खुल्ला नकआउट पुरुष फूटबल प्रतियोगितामा सोमबार ५ खेल सम्पन्न भएका छन् ।

खेलमा तुम्बेवा गाउँपालिका पाँचथर, आनिसाक्थिम, नाम्तोक फाक्तेप, चोकमागु र रानीगाउँ विजयी बनेका छन् ।

पहिलो खेलमा नवमीडाँडालाई १-० गोल अन्तरले पराजित गर्दै तुम्बेवा गाउँपालिका पाँचथर, दोस्रो खेलमा फाकफोकथुम स्याबरुम्बालाई १-० गोल अन्रतले पराजित गर्दै आनिसाक्थिम, तेस्रो खेलमा पौवा सारतापलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै नाम्तोक फाक्तेप,चौथो खेलमा त्रिवेणीलाई ४-० गोल अन्तरले पराजित गर्दै चोकमागु तथा अन्तिम खेलमा लखनपुरलाई ३-० गोल अन्तरले पराजित गर्दै रानीगाउँ विजयी बन्यो ।

प्रतियोगिता अन्तरगत मंगलबार क्वार्टर चरणका खेल संचालन हुनेछन् । पहिलो खेलमा आयोजक टुस्टार र पिवासी फाक्तेप, दोस्रो खेलमा चोकमागु र तुम्बेवा, तेस्रो खेलमा आनिसाक्थिम र लुम्फाबुड़ तथा चौथो खेलमा रानिगाउँ र नाम्तोकबीच हुने आयोजकले जनाएको छ ।

२०७६ सालको बराह क्षेत्र (कार्तिके पूर्णिमा) मेलाको अवसरमा स्थानीय टुस्टार ग्रामीण सृजनशील क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा पूर्वका विभिन्न १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ८१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै वेस्ट प्लेयरलाई ५ हजार रुपैयाँ, हाइस्कोररलाई ३ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई समेत उचित पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । प्रतियोगिताको फाइनल २८ कात्तिकमा हुनेछ । प्रतियोगिता स्थानीय सत्यहाङमा माध्यमिक विद्यायलयको खेलमैदानमा भइरहेको सत्यहाङमा माविका प्रधानाध्यापक रामभक्त नेम्बाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार