‘मातृभाषाप्रति घृणित राजनीति र नश्लीय दमन बन्द गर : समाजवादी पार्टी झापा

  नयाँ बुलन्द  84 पटक हेरिएको

झापा : पाँचथरको फाल्गुनन्द गाउँपालिकामा संचालित मातृभाषा शिक्षाको अरुद्धताप्रति समाजवादी पार्टी झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गरी लिम्बु, राई र तामाङ मातृभाषामा सञ्चालित शिक्षा विरुद्ध उच्च अदालत विराटनगर इलाम इजलासमा मुद्दा पेश भई पठनपाठन लगायत सम्पूर्ण प्रक्रिया रोक्न भएको अन्तरिम आदेशप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

मातृभाषामा पठनपाठन गराउन गाउँपालिकामा चालिएको ऐतिहासिक कदमको  सराहना गर्दै सो ऐतिहासिक कदममा घृणित राजनीति भएको भन्दै आक्रोस व्यक्त गरिएको छ । ‘केही समस्या भए स्थानीय तहमै मिलाएर अझ व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न सहयोग गर्नुपर्दथ्यो । तर, त्यसको सट्टा सिङ्गो मुलुकभर सञ्चालन गरिने मातृभाषा शिक्षालाई नै असर पार्ने गरी जुन दुष्कर्म भएको छ, यो ऐतिहासिक गल्तीले मातृभाषप्रति आघात पुगेको छ’ समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन वाला राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘समाजवादी पार्टी झापा जिल्ला समिति मातृभाषा जस्तो संवेदनशील सवालमा गरिने घृणित राजनीति र नश्लीय दमनको घोर भत्र्सना विरोध गर्दछ ।’

साथै विज्ञप्तीमा फाल्गुनन्द गाउँपालिकामा सञ्चालन गरिएको लिम्बु, राई र तामाङ मातृभाषामा पठनपाठन भई स्थानीय बालबालिकाहरुले आफ्नो मातृभाषामा शिक्षा पाउने नैसर्गिक अधिकार तथा मौलिक हक अविलम्ब कायम गर्न गराउन सम्बद्ध सबै पक्ष र निकायमा अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार