मातृभाषा दमनमाथि समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको ध्यानाकर्षण

  नयाँ बुलन्द  44 पटक हेरिएको

काठमाडौं : पाँचथरको फाल्गुनन्द गाउँपालिकामा लिम्बू  (याक्थुङ), राई र तामाङ मातृभाषमा सञ्चालित शिक्षाविरुद्ध उच्च अदालत विराटनगर इलाम इजलासमा मुद्दा पेश भई पठनपाठन रोक्ने अन्तरिम आदेशमाथि समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिले ध्यानकर्षण भएको जनाएको छ ।

आइतबार समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमद्वारा हस्ताक्षरित विज्ञप्तिमा मातृभाषाप्रति घृणित राजनीति र नश्लीय दमन गर्नुपर्ने खबरदारी गरेका छन् ।

सिङ्गो मुलुकघर सञ्चालन गरिने मातृभाषा शिक्षालाई नै असर पार्ने गरी दुष्कर्म भएको र यो ऐतिहासिक गल्तिले मातृभाषाप्रति नै बलात्कार भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

मातृभाषाजस्तो संवेधानशील सवालमा गरिने राजनीति र नश्लीय दमनको घोर भत्र्सना पनि विज्ञप्तिमार्फत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार