सिर्जनशीलद्वारा सुरज सम्मानित

  नयाँ बुलन्द  216 पटक हेरिएको

 

धरान : सिर्जनशील युबा संगठनद्वारा साहित्यकार सुरज हुक्पाचोङ्बाङ (अज्ञात मान्छे)लाई सम्मान गरिएको छ।

महेन्द्र बहुमुखी क्याम्पसको सभा हलमा शनिबार आयोजित कार्यक्रममा तेह्रथुम जलजले निवासी सुरजलाई सम्मान गरिएको हो। कवि बम देवानको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मान कार्यक्रममा सम्मान पत्र खादा लगाएर सम्मानित गरिएको हो।हालसालै स्थापना भएको संगठनले सिर्जनशील युबालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको कुरा संगठनका सचिब अलौकिक योद्धाहाङ्ले जानकारी दिएको छ।सुरजले २०६५ बाट अहिले सम्म साहित्य को अनेक बिधामा कलम चलाएर समग्र साहित्य छेत्रलाई योगदान पुर्‍यएको ले सम्मान गरिएको जनाएको छ।

समाजिक सस्था युवाहरुलाई एकीकृत गर्दै सम्पुर्ण क्षेत्रमा युवाहरुको पहुच बढाउने सामाजिक सचेतना साथै युवाहरुलाई विभिन्न क्षेत्रमा अवसर दिनु पर्छ र सम्पुर्ण छेत्रमा युवाको प्रभावशाली पहुच बढाउनु पर्छ भन्ने उद्देश्यले संगठन स्थापना भएको सचिव योद्धाहाङले बताए।यस्को मुल नारा अग्रगामी युवाहरुलाई बिउझाएर,युगिन क्रान्ति सफल पारौ भन्ने रहेको भन्दै हरेक वर्ष फरक बिधाका युबालाई सम्मान गर्ने योजना रहेको जानकारी सचिबले दिए ।

अध्यक्ष सन्जोक हुक्पाचोङ्बाङ रहेको संगठनको सम्मान कार्यक्रममा बरिस्ठ लोक गायक कृष्ण कुमार लावाति,अग्रज कवि के जि सुब्बा,स्वबियु सभापति सागर सरगम जेम्जोङ,मनि राई गोठाले लगायतको उपस्थिति रहेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार