पाँचथरको इम्बुङमा खुल्ला नकआउट फूटबल सुरु, आयोजकको विजयी सुरुआत

  नयाँ बुलन्द  165 पटक हेरिएको

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा खुल्ला नकआउट पुरुष फूटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व संविधानसभासभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य आईन्द्रसुन्दर नेम्बाङले गरेका थिए ।

उद्घाटन खेलमा आयोजक टुस्टार ग्रामीण सृजनशील क्लब र पिवाईसी सिनहाङले विजयी सुरुआत गरेको छ ।

पहिलो खेलमा डिएफ सिवालाई २-० गोल अन्तरले पराजित गर्दै आयोजकल विजयी बन्यो । दोस्रो खेलमा सुनखरी पौवालाई ४-३ गोलको कठिन जित निकाल्दै पिवाईसी सिङहाङ अघिल्लो चरणमा परवेश गरेको हो ।

प्रतियोगिता अन्तरगत सोमबार ५ खेल संचालन हुनेछन् । पहिलो खेलमा तिजोक र तुम्बेवा, दोस्रो खेलमा स्यावरुम्बा र आनिसाक्थिम, तेस्रो खेलमा नाम्तोक र पौवासारताप, चौथो खेलमा त्रिवेणी र लुम्फाबुङ तथा अन्तिम खेलमा रानीगाउँ र लखनपुर झापाबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

२०७६ सालको बराह क्षेत्र (कार्तिके पूर्णिमा) मेलाको अवसरमा स्थानीय टुस्टार ग्रामीण सृजनशील क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा पूर्वका विभिन्न १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ८१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै वेस्ट प्लेयरलाई ५ हजार रुपैयाँ, हाइस्कोररलाई ३ हजा रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई समेत उचित पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।

प्रतियोगिताको फाइनल २८ कात्तिकमा हुनेछ । फाइनलको दिन विभिन्न खेलकुदका कार्यक्रम साथै साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछन् । विभिन्न जातजातिको झाँकी प्रदर्शनका साथ हाँस्यकलाकार विल्सनविक्रम राई (तोक्मे बुढा) को समेत विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता स्थानीय सत्यहाङमा माध्यमिक विद्यायलयको खेलमैदानमा भइरहेको सत्यहाङमा माविका प्रधानाध्यापक रामभक्त नेम्बाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार