
इलाम : महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख सहित तीनै जना तीन घण्टा पछि थुनामुक्त भएका छन् । त्रिभुवन बिश्व बिद्यालय अन्तगतको आंगीक क्याम्पस महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख राम प्रसाद गुरागाई , सहायक क्याम्पस प्रमुख पूर्ण ढुंगाना र पुष्प ढुंगानालाई बढेको शुल्क फिर्ता गर्ने र अन्य बिषयमा माथिल्लो निकायमा लविङ गर्ने सहमति पछि थुना मुक्त गरिएको हो ।
पटक पटक आफना समस्या समाधान गर्न माग गर्दा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै कृषि तथा पशु बिज्ञान (वागवानी संकाय) संकायका बिद्यार्थीले क्याम्पस प्रमुख राम प्रसाद गुरागाई र सहायक क्याम्पस प्रमुख पुर्ण ढुङगाना र पुष्प ढुङगानालाई कार्यकक्षमानै थुनेका थिए ।
उक्त संकायको तेस्रो बर्ष उर्तिण पश्चात कृषि तथा पशु बिज्ञानमा स्नातकोत्तर तह पढन पाउनु पर्ने र लोक सेवाको परिक्षामा समावेस हुन पाउनु पर्ने अधिकारबाट क्याम्पसले बञ्चित गराएको भन्दै बिद्यार्थी आन्दोलित बनेका हुन । क्याम्पस प्रशासनले बिभिन्न बहानामा पटक पटक अध्ययन संस्थानलाई देखाउदै अनाधीकृत रुपमा बिद्यार्थीबाट शुल्क असुलेको आरोप समेत बिद्यार्थीले लगाएका छन । परिक्षा शुल्क बापत हरेक शैक्षिक सत्रमा ८ हजार ५ सय तिर्दै आएको भए पनि हाल आएर परीक्षा शुल्कमा ५ सय बृद्धि गरिएको बिद्यार्थीले जनाएका छन ।
क्याम्पसले मौका परीक्षामा ३ हजार ५ सय बाट बढाएर ४ हजार पु¥याएको छ । बिद्यार्थीले उक्त संकायको पाठयक्रम राजपत्र अनंकीत हुनु पर्ने, रामपुर क्याम्पसमा स्नातकोत्तरमा प्रवेश परिक्षा दिन पाउनु पर्ने , लोक सेवाको परीक्षामा सहभागी बन्न पाउनु पर्ने माग उनिहरुकाे थियाे















































