माङसेबुङको समाटारमा जारी फुटसलमा शनिबार ५ खेल सम्पन्‍न

  नयाँ बुलन्द  55 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ सामाटारमा जारी खुल्ला नकआउट फूटसल प्रतियोगितामा शनिबार ५ खेल सम्पन्न  भएका छन् ।

खेलमा चतुरे, मानपुर एफसी, थुमथुमे ‘बी’ पाँचथर, थुमथुमे ‘ए’ पाँचथर र पथरी मोरङ विजयी भएकाे छ ।

पहिलो खेलमा साविक बाँझो ७ लाई ५-० गोल अन्तरले पराजित गर्दै चतुरे, दोसेरो खेलमा चिवुवालाई १-० गोल अन्तरले पराजित गर्दै मानपुर एफसी, तेस्रो खेलमा लाक्तापालाई १-० गोल अन्तरले पराजित गर्दै थुमथुमे ‘बी’ पाँचथर, चौथो खेलमा साविक इभाङ १ लाई २-१ गोल अन्तरले पराजित गर्दै थुमथुमे ‘ए’ पाँचथर र अन्तिम खेलमा साविक बाँझो ७ लाई १-० गोल अन्तरले पराजित गर्दै पथरी मोरङ विजयी भएको हो ।

फाल्गुनन्द विकास संस्ठा माङसेबुङ ३ गुरुङगाउँको आयोजनामा जारी प्रतियोगितामा इलाम, पाँचथर र मोरङका गरी ३२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले नगद २० हजार ७६ र उपविजेताले नगद ११ हजार ७६ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुने आयोजक संस्थाका सचिव प्रविन लिम्बूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार