
इलाम : मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका इलाम नगरपालिका ४ माइखोरीका २९ वर्षीय सुमन राइका परिवारले सुमनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ । सुमन राई बचाउ अभियान नै गठन गरी सहयोगको अपिल गरिएको छ ।
हाल झापाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचाररत सुमनको थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेको हो । सुमनको उपचारमा लाखौं रकम लाग्ने र उनको परिवारको आर्थिक अवस्था समेत अत्यन्त कमजोर रहेकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालटीहरुमा सक्दो सहयोग गरिदिन आग्रह गरेका हुन् ।
गत १२ कात्तिकमा भाईटिकाको दिन इलामको रक्सेदेखि पुवाखोला फर्कने क्रममा रक्सेस्थित मानेडाँडामा सुमन सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । मोटरसाइकलका चालकको घटनास्थलमा नै ज्यान गएको थियो भने सुमन गम्भीर घाइते भएका थिए ।
सुमनको उपचारार्थ सहयोग गर्न चाहनेले नेपाल एसबीआइ बैंकमा विरमती राईको नाममा रहेको बैंक हिसाब नम्बर २१११५२४१४०४३६७ मा जम्मा गर्न अनुरोध गरिएको छ । त्यस्तै मोबाइल नम्बर ९८१६००२८९९, ९८२४०७८७९७, ९८१३०६९७६९, ९८१३४५२१७८ र ९८१६०२८४९१ मा सम्पर्क गर्न अपिल गरेको छ ।






















































