२ महिनामा ६ वटा सडक शिलान्यास

  नयाँ बुलन्द  42 पटक हेरिएको

इटहरी : इटहरीमा दुई महिनाकै अविधमा छ वटा सडक शिल्यान्यास गरिएको छ । एकै दिन दुई सडक समेत गरि दुई महिनामा छ सडक शिल्यान्यास गरिएको हो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरको गौरवको योजना रहेका ११ वहुबर्षे सडक योजना मध्ये दुइ वटा सडक शिल्यान्यास गरे ।

इटहरी उपमहानगर वडा नम्वर १७, १८ र १९ मा पर्ने मझौरा देखि वरम्पुर जोडने कालोपत्रे सडक योजना र इटहरी ५ हलगढा देखि वडा नम्वर १ को कञ्चनचौक जोडने सडक कालोपत्रे योजना शिल्यान्यास गरिएको हो । इटहरीको ग्रामिण क्षेत्रलाई शहर वजार र राजमार्ग सँग जोडी गाँउका वासिन्दालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन वहुवर्षे सडक कालोपत्रे योजना संचालन गरिएको प्रमुख चौधरीले वताए ।

पहिलो वर्ष ससाना योजना संचालन गर्दा लक्षित उपलब्धि प्राप्त हुन सक्ने अवस्था नदेखेर ३ बर्षको वजेटले सर्पोट गर्ने वहुवर्षे योजना सुरु गरिएको उनले जानकारी दिए । गाँउका ११ वटा मुलवाटो पिच हुदा बर्ष दिनमै ३० किलोमिटर कालोपत्रे हुने उनले बताए ।

उपप्रमुख लक्ष्मी गौतमले ११ वटा वहुवर्षे योजना अन्र्तगत सडक कालोपत्रे गरिसकेपछि गाँउका वासिन्दाको सुविधाका लागि नगरवस संचालन गरिने बताइन् । गाँउका वासिन्दाले पनि घर अगाडीबाटै गाढि चढेर वजार जाने अवस्था सृजना गर्न उपमहानगर लागि परेको उनले बताइन् ।

प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले गुणस्तरीय निर्माण र समयमै काम सक्ने कुरामा सम्झौता नहुने बताए । छुटटाछुटटै भएको शिल्यान्यास कार्यक्रममा वोल्दै वडाध्यक्षहरु श्रीनारायण चौधरी, रामकुमार चौधरी र कल्याण कार्कीले गाउँ गाँउका जनता वाटो पिच हुने भएपछि उत्साहित भएको बताए ।

इन्जिनियर जीवन घिमिरेले सडक निर्माण निर्धारित अवधि भन्दा एक दिन पनि पर नजाने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार