मंसिर दोस्रो साता लैगिंक हिंसा विरुद्ध इटहरी सम्मेलन

  नयाँ बुलन्द  39 पटक हेरिएको

इटहरी : लैगिंक हिंसा विरुद्ध इटहरी सम्मेलन गरिने भएको छ । लैगिंक हिंसा विरुद्धको दिवसको अवसर पारेर तीनसय वढिको सहभागितामा इटहरी सम्मेलन गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् । सम्मेलन इटहरी घोषणा पत्र तयार गर्दै सम्पन्न हुने छ ।

इटहरीमा उपमहानगरको आयोजनामा मंसीर ९ गते देखि १६ दिनसम्म गरिने लैगिंक हिंसा विरुद्ध विभिन्न कार्यक्रमका क्रममा इटहरी सम्मेलन गरिने भएको छ । लैगिंक हिंसा विरुद्धको दिवसका अवसरमा २१ जना सामाजिक अभियन्तालाई साथी शिक्षक तालिम दिइने भएको छ । प्रतिरक्षा समूह र साथी समूह मार्फत इटहरीका सवै वडामा लैंगिक हिंसा अवस्थाको मापन गरिने छ । हिंसा प्रभावित क्षेत्रमा सरोकारवालाहरु सँग सवाल जवाफ कार्यक्रम समेटिएको छ ।

यसैगरि मुख्यचौकहरुमा लैगिंक हिंसा विरुद्ध शन्देशमूलक होडिड वोर्ड राख्ने, यौनिक तथा अल्पसंख्यकहरुका समस्या र समाधानका लागि सरोकारवालाहरुको भूमिका बिषयक अन्र्तक्रिया,अपांगता भएका व्यक्तिका अभिभावकहरुलाई अपांगमैत्री व्यवहार सम्वन्धि सचेतना कार्यक्रम, पछाडीपारिएको क्षेत्रमा महिला प्रजनन स्वास्थ्य शिवीर, रक्तदान, विद्यालयमा किशोरीहरुलाई लैगिंक हिंसा विरुद्ध सचेतना कार्यक्रम, महिला अभियानकर्मी र पत्रकार महिला वीच मैत्रिपूर्ण फुटसल खेल, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा किशोरीसंग महिला हिंसा सम्वन्धी छलफल लगायत विभिन्न २१ वटा कार्यक्रम गरिने भएको छ । यि कार्यक्रमहरु इटहरी उपमहानगर तथा उपमहानगरमा रहेका विभिन्न संघ सस्थाहरुले संयोजन गर्ने छन ।

उपमहानगरको आयोजनामा सरोकारवाला संघ सस्थाहरु बिच भएको पूर्वतयारी कार्यक्रममा इटहरीमा लैगिंक हिंसा विरुद्धको दिवस भब्यताका साथ मनाउने निर्णय भएको हो । जसका लागि ७५ सदस्यीय मूल समारोह ब्यवस्थापन समिति, १५ सदस्यीय सचिवालय सल्लाहकार समिति गठन गरिएको छ ।

इटहरी उपमहानगरले चालु बर्षमा १६ दिनको मात्र नभई बर्षै भरि अभियान संचालन गरिरहेको छ ।प्रत्येक वडामा महिला हिंसा विरुद्धको प्रतिरक्षा समूह गठन भएको छ । २० वटै वटामा तीन वटाका दरले ६० वटा साथी समूह गठन भएका छन् । यसबर्षको १६ दिने अभियानको क्रममा गत वर्षको समीक्षा गर्दै एक बर्षे कार्ययोजना समेत निर्माण गरिने उपमेयर लक्ष्मी गौतमले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार