समाजवादी पार्टीको तीन घटक समायोजन कार्यक्रम सुरु

ललितपुर : समाजवादी पार्टीका तीन घटक संगठनहरुको समायोजन कार्यक्रम आज शनिबार सम्पन्न हुँदैछ ।

पार्टी निकट गैरभौगोलिक विशेष प्रदेश समिति, समाजवादी ट्रेड युनियन महासंघ, नेपाल र समाजवादी सांस्कृतिक महासंघको एकता समायोजन कार्यक्रम ललितपुरको यालेखिममा सुरु भएको हो ।

जनसंगठन समायोजन कार्यदलका संयोजक एवम् पार्टी उपाध्यक्ष रकम चेम्जोङको अध्यक्षतामा सुरु भएको कार्यक्रममा समाजवादी पार्टी सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा हुँदैछ ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राई, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष हिसिला यमी, महासचिव रामसहायप्रसाद यादव लगायत शीर्ष नेताहरुको आतिथ्यता रहेको छ ।

एकता समायोजन कार्यक्रमबाट तीनै संगठनहरुको समायोजित केन्द्रीय कार्य समिति घोषणा हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार