माङसेबुङको सामाटारमा जारी फूटसलमा शनिबार ६ खेल हुने

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ सामाटारमा जारी खुल्ला नकआउट फूटसल प्रतियोगितामा शनिबार पनि ६ खेल हुनेछन् ।

शनिबारको पहिलो खेलमा चतुरे र ढुङ्गे, दोस्रो खेलमा चिवुवा र मानपुर, तेस्रो खेलमा लाक्तापा र थुमथुमे ‘बी’ पाँचथर,  चौथो खेलमा थुमथुमे ‘ए’ र जानसाहित्य कोशेली किरण युवाक्लब, पाँचौं खेलमा पथरी मोरङ र साविक बाँझो ७ तथा अन्तिम खेलमा आयोजक फाल्गुनन्द विकास संस्था माङसेबुङ ३ र साविक इभाङ ४ बीच खेल हुने आयोजकले जनाएको छ ।

यसअघि विहीबार पनि ६ वटा खेल सम्पन्न भएका थिए । खेलमा पथरी मोरङ, आयोजक फाल्गुनन्द विकास संस्था ‘ए’, डाडागाउँ, दशमी, आयोजक फाल्गुनन्द विकास संस्था र मलीबाँसे विजयी भएका छन् ।

पहिलो खेलमा साविका बाँझो ४ ‘बी’ लाई ५-० गोल अन्तरले पराजित गर्दै पथरी मोरङ, दोस्रो खेलमा साविक बाँझो ४ ‘ए’ लाई ४-१ गोल अन्तरले पराजित गर्दै आयोजक ‘ए’, तेस्रो खेलमा जीवन ज्योती माविलाई १-० गोल अन्तरले पराजित गर्दै डाँडागाउँ, चौथो खेलमा आयोजकलाई १-० गोल अन्तरले पराजित गर्दै दशमी, पाँचौ खेलमा कोसिस पाँचथरलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजक र अन्तिम खेलमा कुरुम्बा पाँचथरलाई १-० गोल अन्तरले पराजित गर्दै मलिबाँसे विजयी भएको हो ।

फाल्गुनन्द विकास संस्ठा माङसेबुङ ३ को आयोजनामा जारी प्रतियोगितामा इलाम, पाँचथर र मोरङका गरी ३२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद २० हजार ७६ र उपविजेताले नगद ११ हजार ७६ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुने आयोजक संस्थाका सचिव प्रविन लिम्बूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार