माङसेबङमा जारी फूटसलमा विहीबार ६ खेल सम्पन्न

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ सामाटारमा जारी खुल्ला नकआउट फूटसल प्रतियोगितामा विहीबार ६ खेल सम्पन्न  भएका छन् ।

खेलमा थुमथुमे ‘बी’ पाँचथर, थुमथुमे ‘ए’ पाँचथर, जनसाहित्य कोशेली किरण युवाक्लब, साविक बाँझो ७, साविक इभाङ ४ ‘ए’ र लाक्तापा विजयी भएका छन् ।

पहिलो खेलमा सिम्लेलाई ३-१ गोल अन्तरले पराजित गर्दै थुमथुमे ‘बी’ पाँचथर, दोस्रो खेलमा साविक इभाङ ६ लाई २-१ गोल अन्तरले पराजित गर्दै थुमथुमे ‘ए’ पाँचथर, तेस्रो खेलमा साविक इभाङ ८ लाई ५-१ गोल अन्तरले पराजित गर्दै जनसाहित्य कोशेली किरण युवाक्लब, चौथो खेलमा सामाटारलाई १-० गोल अन्तरले पारजित गर्दै साविक बाँझो ७, पाँचौ खेलमा साविक इभाङ ३ लाई २-० गोल अन्तरले पराजित गर्दै साविक इभाङ ४ ‘ए’ र अन्तिम खेलमा साविक इभाङ ४ लाई १-० गोल अन्तरले पराजित गर्दै लाक्तापा विजयी भएको हो ।

फाल्गुनन्द विकास संस्ठा माङसेबुङ ३ को आयोजनामा जारी प्रतियोगितामा इलाम र पाँचथरका गरी ३२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद २० हजार ७६ र उपविजेताले नगद ११ हजार ७६ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुने आयोजक संस्थाका सचिव प्रविन लिम्बूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार