नेपाली भूमि भारतीय नक्सामा राखिएपछी इलाममा पनि बिरोध

  नयाँ बुलन्द  317 पटक हेरिएको

इलाम :   कालापानी/लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार इलाम सदरमुकाममा प्रदर्शशन गरेको छ ।

इलामको ठूलो टुढिखेल बाट सुरु भएको विरोध चोक बजार पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीले सिमा मिच्न पाईदैन, ‘गो व्याक इन्डिया’ भन्दै नाराबाजी गरेका थिए ।

कोणसभामा अनेरास्ववियूका जिल्ला अध्यक्ष प्रवेश पराजुली र केन्द्रिय सदस्य रबिन्द्र सुबेदिले सम्बोधन गर्दै नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग राखेका थिए । भारत र नेपालबीचका असमान सन्धि सम्झौता समेत खारेज गर्नु पर्ने उनीहरुको माग थियो भने सिमाको सुरक्षा आफुहरु गर्न जिम्मा दिन समेत आग्रह गरेका थिए ।

अध्यक्ष पराजुलीले भारतीय नक्साबाट नेपाली भूमी फिर्ता गराउन थप आन्दोलनको कार्यक्रमहरु गर्दै जाने जनाएका थिए । उक्त संगठनसँग आबद्ध विद्यार्थीले सामाजिक सञ्जालमा समेत आलोचना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार