‘गाँउ गाँउमा सिहंदरबार भन्थे, इटहरी सरकार घरमै आइपुग्यो’

  नयाँ बुलन्द  103 पटक हेरिएको

इटहरी : एउटै घरका सबैजना सन्तान अपाङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले एक लाख रकम सहयोग गरेको छ ।

इटहरी २ को लक्ष्मण तामाङ्गलाई उपमहानगर प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम उनको घरमै पुगेर एक लाख रुपैयाँको सहयोग रकमको चेक हस्तान्तरण गरे ।

लक्ष्मण तामाङ्गका चार जना सन्तान चारैजना अपाङ्ग छन । १४ देखि २९ बर्षसम्मका दुई छोरा र दुई छोरी उनीहरु कोही पनि आँखा देख्न सक्दैनन् । कान्छो छोरो बाहेक कोही पनि बोल्न समेत सक्दैनन् । उठेर हिँडन त परै जाओस, बस्न पनि सक्दैनन् । ओल्टाइ पल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ ।

तामाङ्ग परिवारमा परेको यो समस्या उनको मात्र होइन, उनका साथमा उपमहानगरपालिका पनि रहेकाले जीवन निर्वाह अनुदान शिर्षकमा एक लाख रकम प्रदान गरिएको प्रमुख द्धारिकलाल चौधरीले बताए । चार जना सन्तानको यस्तो अवस्थामा उनीहरुको स्याहारको जटिल कार्यमा तल्लिन रहेकोमा प्रमुख चौधरीले परिवारको प्रशंशा गर्दै सदभाव ब्यक्त गरे ।

उपप्रमुख लक्ष्मी गौतमले यो परिवारलाई परेको समस्यामा सहयोग गर्न सर्वैसँग आग्रह गरिन् । उनले ट्रस्ट वनाएर अघि वढदा राम्रो हुने सुझाव समेत दिएकी ५न् । यसअघि उपप्रमुख गौतमले घरमै पुगेर चारैजनालाई अपाङ्गता परिचयपत्र रेडकार्ड दिएकी थइिन् ।अहिले उनीहरुले मासिक ३ हजारका दरले भत्ता समेत पाउँदै आएका छन ।

इटहरी सरकारको सहयोग प्रति आभार ब्यक्त गर्दै उनीहरुका वुवा लक्ष्मण तामाङ्गले भने, “ गाँउ गाँउमा शिहँदरवार भन्थे,इटहरी सरकार घरमै आइपुग्यो खुशी लागेको छ ।”

१४ देखि २८ बर्षसम्मका चारै जना छोरा छोरी जो आँखा देख्दैनन, बोल्न सक्दैनन, जीउ लल्याकलुलुक छ उठेर बस्न सक्दैनन् । दिशा पिसाब पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने, धुवाउने, खुवाउने, सरफाईमा तामाङ दम्पति अहोरात्र खटनुपर्छ । बुबा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म सबै ठीक थिइन । त्यसपछि बिस्तारै आँखा देख्न छाडिन, एक वर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो ।

केही समयपछि केही थाहा नपाउने भएर ओछ्यानको ओछ्यान भइन् । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छो छोराले पनि आँखा देख्न सक्दैनन् हिडडुल गर्न भने सक्छन् । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उनलाई लागेको छ ।

इटहरी उपमहानगरका प्रमुख चौधरी, उपप्रमुख लक्ष्मी गौतम, वडाध्यक्ष हर्क मगरले तामाङ परिवारलाई सहयोगका लागि सवैमा आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार