सिन्धुपाल्चोक बस दुर्घटनाः १५ जनाको मृत्यु,

news

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

डीएसपी माधवप्रसाद काफ्लेले दिएको जानकारीअनुसार मृतकहरुमा ९ महिला, एक बालिका, तीन बालक र दुई पुरुष छन् । उनकाअनुसार तीमध्ये केहीको सनाखत भइसकेको छ ।

दुर्घटनमा परी ४६ जना घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङेश्वरी यातायातको बस दुर्घटना भएको हो । बस सडकबाट सुनकोसी नदीको बीचमा खसेको थियो । नदीले केही यात्री बगाएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन् ।

बस नदीबाट किनारमा निकालिएको छ । दिउँसो सवा १ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा कति यात्री थिए भन्ने खुल्न सकेको छैन । क्षमताभन्दा बढी यात्री र तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार