गजुरमुखी धार्मिक तथा पर्यटकिय हिसावले उतकृष्ठ गन्तब्य

पक्की सडक र भौतिक पुर्वाधारको कमी

इलाम : इलामको पश्चिमी क्षेत्रमा रहेको गजुरमुखी धार्मिक तथा पर्यटकिय हिसावले उतकृष्ठ गन्तब्य मानिन्छ । दैनिक सयौँ भक्तनहरु जाने गरेका भएपनि यहाँ पुग्ने पक्की सडक र भौतिक पुर्वाधारको कमी हुँदा भक्तजनहरुलाइ समस्या हुने गरेको छ ।

धार्मिक तथा पर्यटकिय स्थल गजुरमुखी इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा पर्दछ । चार खोलको जिल्लाले परिचित इलाम चार माई मध्ये देउमाईको किनारामा पर्दछ गजुरमुखी । बागबिर लिम्बूले गजुरमुखीको पत्तालगाएको र गजरामुखीबाट गजुरमुखी नामाकरण भएको पाइन्छ । यसको उत्पतीकरिव २ सय ५० वर्ष अगाडी भएको किम्मदन्ती छ ।
विशेष गरेर यहाँ निसन्तानहरु सन्तानमाग्न र शिशुहरुको बोली नआए बोली फुट्ने जन विश्वास भनेर यहाँ आउने गर्छन । गजुरमुखी धाम पुगेर जे मागो त्यही पुरा हुने विश्वासले पटक पटक दर्शन गर्न आउने गरेको मन्दिरका पुजारीको भनाइ छ ।

शनिवार र मंगलबार विशेष भक्तजनहरुको घुइँचो लाग्ने यहाँ छेवैमा रहेको देउमाई खोला किनारामा कात्तिके पुर्णीमामा ठुलो मेला समेत लाग्ने गरेको छ ।
नेपाल बाट मात्र हैन भारतको सिक्किम, दार्जिलिङ, भुटान लगायतका देशहरुबाट पनि भक्तजनहरु आउने गरेका छन् । यस धाम छेउमा रहेको देउमाई किनारामा कात्तिके पुर्णीमामा ठुलो मेलालाग्ने गरेको छ ।
इलाम सदरमुकामबाट १३ किलो मिटर मेची राजमार्ग र त्यहाँबाट १३ किलो मिटर नै पक्की सडक हुँदै देउमाई नगरपालिकाको मंगलबारे पुगेपछि करिव एक घण्टा कच्ची सडक मार्फत गजुरमूखी पुग्न सकिन्छ । तर बारै महिना सवारी चल्नका लागि कालो पत्रे सडक भए भतmजनहरुलाई सहज हुने स्थानियको भनाइ छ ।

धार्मिक र पर्यटकिय हिसावले जिल्लाकै अब्बल स्थान मानिने गजुरमुखी धाम पुग्नलाइ भौतिकपुर्वाधार र पक्की सडक निर्माणमा चासो दिने हो भने दैनिक हजारौँ पर्यटक भित्रिन सक्ने र यो धाम इलामकै उतकृष्ठ पर्यटकीय एब्म धार्मिक क्षेत्रको रुपमा परिचित हुने भतmजनहरुको भनाइ छ ।

यस धामलाई विकाश गर्न स्थानिय र जनप्रतिनिधिहरुले चासो राखेर प्रसारप्रचार गर्न सके यस क्षेत्रका स्थानियको ब्यवसायिकता सँगै आयस्तर माथी उठ्ने थियो । यसका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार